चैत्र १४, कालिकोट । कोरोनाको महामारी विश्वभर फैलिएको छ । जनतालाई राहत दिन विश्वभरका सरकारले सक्दो प्रयास गरेका छन् । नेपाल सरकारले कोरोनासँगै आयातित शब्द लकडाउनको घोषणा गर्यो । सर्वसाधारणलाई घर बाहिर ननिष्कन आग्राह गर्यो तर जनतालाई दिने सुविधाबारे सरकार मौन बस्यो ।
देशमा सङ्कट परेको अवस्थामा सबैले मिलेर सामना गर्नुपर्ने बेलामा कोरोना भाइरस शङ्कास्पद बिरामीलाई राजधानीका ठुला अस्पताल ग्राण्डी र अल्का लगायत देशका अन्य निजी अस्पतालहरूले उपचार गर्न नमानिरहेका समाचारहरूसमेत आई रहेका छन् ।
तर यी दिलदार नेपालीलाई स्यावासी दिनै पर्छ, जसले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि पलाँता गाउँपालिकालाई सहयोग गर्नु भएको छ ।
ए.एन.बि हस्पिटलकी संचालिका गोरिकला बमले पलाँता गाउँपालिकाको स्वास्थ्य शाखालाई १ लाख ५० हजार सहयोग हस्तान्तरण गर्नु भएको छ ।
ए.एन.बि हस्पिटलकी संचालिका बमले शुक्रबार पलाँता गाउँपालिका स्वास्थ्य संयोजक हिमाल संज्याललाई १ लाख ५० हजार नगद सहयोग हस्तान्तरण गर्नु भएको छ ।
ए.एन.बि हस्पिटलकी संचालिका बमले सहयोग हस्तान्तरण गर्दै आफ्ना ससुराले स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई निरन्तरता दिन ससुरा र सासुको नामबाट ए.एन.बि हष्पिटल संचालनमा ल्याएको बताउदै अहिले विश्वब्यापि महामारिका रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगिन हस्पिटलको तर्फबाट सानो सहयोग भएपनि केही सयोग होस् भन्ने हेतुले सहयोग गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस