आफूमाथिका आरोप निराधार भएको विष्णु वराल (विजय)को दाबी

१४ बैसाख, कालिकोट । नेकपा माओवादी केन्द्रका रास्कोट इन्चार्ज विष्णु वराल (विजय)ले आफूमाथि केही संचार माध्यममा छापिएको समाचारको आरोप निराधार भएको दाबी गर्नु भएको छ ।

एक वक्तव्य जारी गरी समाचारको खण्डन गर्दै आफूमाथिका आरोप निराधार भएको दाबी गर्नु भएको हो ।

ज्वाला खवर डट्कम लगायतका मिडियामा माओवादी केन्द्रका नेता विजयमाथि कमिशन धन्धाको आरोपः ‘३ लाखको योजनामा ५० हजार लिएको खुलासा’ भन्ने शिर्षकको समाचार छापिएको थियो ।

उहाँले राताढुङ्गाबाट आधारभूत स्वास्थ्य इकाइसम्मको सडक निर्माण उपभोक्ता समितिबाट ५० हजार रुपैयाँ कमिशन लिइएको भन्ने कपोकल्पित र भ्रामक समाचार भएको भन्दै आपत्ति प्रकट गर्नु भएको छ ।

माओवादी नेता विजयले जनजागृति माध्यमिक विद्यालयमा पनि आफूले अनियमिता नगरेको दावी गर्नु भएको छ ।

उहाँले महायज्ञ सम्वन्धि समाचारमा उठेको विषयमा सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ केही दाताहरुले प्रत्यक्ष रूपमा सामान उपलब्ध नगराउँदा ढिला भएको स्वीकार गर्दै पारदर्शी ढंगले रकम व्यवस्थापन भइरहेको दाबी गर्नु भएको छ ।

उहाँले आफूमाथि समाचारमा लगाईएका सम्पूर्ण आरोपहरु सत्य नभएको जिकिर गर्नु भएको छ ।

वक्तव्य पूर्णपाठ

प्रतिक्रिया दिनुहोस