जेठ १४, सुर्खेत । विप्लव नेतृत्वको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाले २०७७ साल जेष्ठ १० गते अन्तर जातीय प्रेम विवाहका विषयमा रुकुम जिल्लाको चौरजहारी ८ सोतीमा ३ जनाको ज्यान जाने गरि भएको घटनाको घोर निन्दा एवम भत्सर्ना गरेको छ ।
नेपाल दलित मुक्ति मोर्चा भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका संयोजक पदम विश्वकर्माले आज एक प्रेश विज्ञप्ती जारी गरि २१ औं सताव्दीको विज्ञान प्रविधिको युगमा समेत जातीय अहंकारवादी मानवता विरुद्धको घटना घटाउनु नितान्त खेदजन भएको जनाउनु भएको छ ।
मोर्चाले घटनामा संलग्न दोषिहरु सवैलाई कडा भन्दा कडा कार्वाही र पीडित परिवारलाई न्याय सहित क्षेतिपूर्तिको व्यवस्था गर्न यथाशिघ्र जोडदार माग गरेको छ । मोर्चाले घटनाका दोषिहरुलाई कानुन अनुसार कडा कार्वाही हुन नसके र घटनाका दोषिलाई उन्मुक्ति दिने कोशिस भएमा आफ्नो संगठनले समेत कार्वाही गर्न वाध्य हुने चेतावनी दिएको छ ।
घटनाका विरुद्ध वृहत संयुक्त संघर्षका लागि कोणसभा, विरोधसभा, तथा ज्ञापनपत्र वुझाउने लगायत विभिन्न संघर्षका कार्यक्रमहरु पनि गर्ने मोर्चाले जनाइएको छ ।
विज्ञप्तीमा जाजरकोट भेरी नपा ४ रानागाँउ वाट केटीपक्षको गाँउ रुकुम जिल्लाको चौरजहारी ८ सोतीमा गएका नवराज विक, टिकाराम विक, गणेश वुढाको वडा अध्यक्ष डम्वर वहादुर मल्लको नेतृत्वमा केटी पक्षका व्यक्तिहरु द्धारा सामुहिक अमानविय मानवता विरोधी विभत्स हत्या गरिएको र भेरी नपा ११ का लोकेन्द्र सुनार , गोविन्द शाही , र वडा न ४ का सन्जु सुनार सहित ३ जना वेपत्ता भएको उल्लेख गरिएको छ ।
सुस्मा मल्ल नामको केटी संग नवराज विकको लामो समय देखि प्रेम सम्वन्ध हुदै आएको र सो कुरा माईती पक्षले अस्वीकार गर्दै आएकोमा केटी सुस्मा र केटा नवराज विकले भागेर पनि विवाह गर्ने निश्कर्षमा पुगेको अवस्थामा केटा पक्षले आफ्नो गाउँका केही साथी भाईलाई लिएर केटी पक्षको गाउँ गएको अवस्थामा घटना भएको विज्ञप्तीमा जनाइएको छ ।
यो घटना विभत्स अमानविय हिन्दु वर्णाश्रम उच्च अहंकारवादी सामन्ती सोच र चिन्तन वाट हुन गएको मोर्चाले जनाएको छ । मोर्चाले वर्तमान संविधान एवम लोकतान्त्रीक गणतन्त्र व्यवस्थाको ठाडो उल्लंघन र उपाहस भएको भन्दै यस घटनालाई विभिन्न तत्वहरुले वङग्याउने र घटनाका दोषिहरुलाई उम्काउने खेलहरु पनि भइरहेको प्रति आपत्ती जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ विद्यमान लोकतान्त्रीक व्यवस्थामा उत्पीडित दलितसमुदाय माथि जातीय भेदभाव,शोषण,ठगी,हत्या ,लुटपाट गर्ने लोकतान्त्रीक व्यवस्थाका हिमायती ठान्ने कम्युनिष्टका खोल ओढेका शासकहरु नै अपराधको हाईकमाण्डमा रहेर अपराधी भुमिका खेलिरहेका र राज्य का विभिन्न निकायको कभरमा संरक्षित,सुरक्षित रहेर काम गरेको वुभिन्छ ।
साथै दलाल संसदीय पुजिवादी व्यवस्थामा उत्पीडित समुदाय,क्षेत्र , लिङ्ग, राष्ट्र र राष्ट्रियताको भविष्य अन्धकार रहेकाले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको निम्ति फेरी पनि अन्तीम एक पटक एकीकृत जनक्रान्तिमा सामेल भइ विभेदकारी राज्यव्यवस्थाको समुल नष्ट गर्नुको विकल्प नभएको विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा अमानविय, विभेदकारी ,विभत्स हत्याकाण्डका विरुद्ध सवै न्याय प्रेमि दलित समुदाय, दलित अधिकारकर्मी संघ संगठन, आम सचेत नागरिक वुद्धिजिवी,विभिन्न पेशाकर्मी,पत्रकार,मानवअधिकारकर्मी,राजनीतिक दल सवैमा न्याय,स्वतन्त्रता,मानवअधिकार र मानविय सदभावका लागि आवाज उठाउन आहावान गरिएको छ ।
प्रेश विज्ञप्ती
प्रतिक्रिया दिनुहोस