लकडाउन जनताका लागि संकटकाल र मुट्ठीभर जनविरोधी तत्वहरुका लागि मालामालः नेकपा

 

जेठ १४, सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लकडाउन श्रमजीवि जनताका लागि संकटकाल र मुट्ठीभर जनविरोधी तत्वहरुका लागि मालामाल भएको वताएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली व्यूरो इन्चार्ज रविले आज एक प्रेश वक्तव्य जारी गर्दै संकटको घडिमा राष्ट्र र जनताको चहराइरहेको घाउमा नुन चुक छर्ने राष्ट्रघाती,जनविरोधी तत्वहरुलाई खवरदारी गरिएको छ ।

कोरोनाका कारण चार जनाले ज्यान गुमाइसकेको, करिव ८ सय वढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको, हजारौ नागरिकहरुले अव्यवस्थित कोरेन्टाइन र आइसोलेसनमा चुनौतिहरुको सामना गदैै भाइरस विरुद्ध संघर्ष गरिरहेको वक्तव्यमा स्मरण गरिएको छ ।

जारी वक्तव्यमा कोरोना भाइरसको परिक्षणको विस्तार, औषधि उपकरणलाई सर्व सुलभ गुणस्तरीय वनाउदै कछुवा गतिमा होइन युद्धस्तरमा सम्पूर्ण कार्य संचालन गर्न सम्वन्धित पक्ष संग जोडदार अपिल पनि गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरेन्टाइनको व्यवस्था नभएको, स्वास्थ्यकर्मी, औषधि उपकरणको आवश्यक व्यवस्था नभएको, खान पिनको आभारभूत व्यवस्थामा पनि समस्या रहेको अवस्थालाई शिघ्रतापूर्वक हल गर्न गम्भीर ध्यानाकर्षण गर्दै कोरेन्टाइन वाट भाग्ने अवस्थाको सृजना वन्द गर्न आग्रह गरिएको छ ।

जारी वक्तव्यमा वन्दा वन्दीको समयमा कमीसनको खेल चलिरहेको ,पावर र पैसा नहुने संकटमा परेको भन्दै यस्तो प्रवृतिलाई निरुत्साहीत गरी अति आवश्यक कामका लागि विना पूर्वाग्रह सहज वातावरण वनाउदै लैजानु पर्नेमा जोड दिएको छ ।

वक्तव्यमा आवश्यक औषधि उपकरण, खरिदमा भइरहेको कमीसन र कालो वजारीलाई कडाइका साथ रोक्नु पर्ने माग गर्दै हालको संकटमा कतिपय निजी अस्पतालमा देखिएको गैरजिम्मेवारीपन दण्डनीय भएको र उपयुक्त कार्वाही गर्नु अनिर्वाय भएको जनाईएको छ ।

वक्तव्यमा भनिएको छ लामो वन्दा वन्दीले नागरिकहरुमा रोग र भोक दुवैले मरिने भइयो भन्ने तनाव र चिन्ता वढीरहेको छ । प्रचार शैली वढी र राहत वितरणमा निकै अभाव देखिन्छ । राहतमा कमीसनको खेल पनि चलिरहेको छ । पूर्वाग्रहहरु र भेदभाव वढिरहको छ । अनियमिता रोक्न जनस्तरवाटै प्रभावनकारी कदम उठाउनु पर्दछ ।

पार्टीले दैनिक उपभोग्य वस्तुहरुमा भइरहेको मुल्यवृद्धि,कालो वजारीलाई रोक्न उचित अनुगमन र कार्वाहीका लागि विशेष पहल गर्ने जनाएको छ ।

यस्तै विभिन्न क्षेत्र वाट अवैध ढुङ्गा गिट्टी, वालुवा उत्खन र निकासी पैठारी भइरहेको वनजंगल अतिक्रमण,काठको चोरी निकासी वढेको जनगुनासो वढेको भन्दै पार्टीले माफिया दलाल तस्करहरुलाई जनसहभागीता सहित सशक्त कार्वाही गर्ने चेतावनी दिएको छ ।

पार्टीले वक्तव्यमा वन्दा वन्दीको मौका छोप्दै सामाजिक विकृति एवंम अवैध धन्धा मौलाइरहेको, लागु पदार्थ ओसार पसार, यौन धन्धा, जाड रक्सी वेच विखन, महिला हिंसा, वलात्कार, जातीय भेदभाव, चोरी डकैति वढेकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागी उपयुक्त संघर्षको विधि अवलम्वन गरिने जनाएको छ ।

वक्तव्यको अन्तमा होम कोरेन्टाइनमा वसिरहेको र औषधि उपचार गराइरहेको अवस्थामा दलाल सत्ता द्धारा पार्टी माथि निगरानी गर्नु, नेता कार्यकर्ता गिरफ्तार गर्नु, वन्दीहरुलाई भेटघाट गर्न नदिनु, चरम यातना दिनु आदि दमन शैलीको पार्टी घोर भत्सर्ना एवं निन्दा गर्दछ भनिएको छ ।

कारोना भाइरस विरुद्धको अभियानमा राज्यमा देखिएको उदासिनता, गुणात्मक पहलको अभाव, कयौं ठाउँमा राज्य द्धारा भएको संस्थागत तस्करी, कालोवजारी, भ्रष्टचार, कमिसनको खेल आदि भत्र्सना योग्य भएको भन्दै पार्टी माथिको,  दमन गिरफ्तारी रोक्न, आस्थाको वन्दीलाई रिहाई गर्न जोडदार अपिल गरेको छ ।

प्रेश वक्तव्य

प्रतिक्रिया दिनुहोस