स्रोत नखुलेको पौने ५४ लाख रुपैयाँसहित दुईजना पक्राउ

१३ जेठ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहनु भएको छ ।

उहाँहरु दुवैजनाले अवैध वित्तिय कारोबार (हुण्डी) गरिरहनु भएको छ भनेर सूचना पुगेपछि निगरानी गर्ने क्रममा बिहीबार बिहान २४ लाख रुपैयाँसहित जैसवाललाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो । पक्राउ परेका अर्का व्यक्ति गुप्ताको डेरामा खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ पनि बरामद भएको उहाँले जानकारी दिनु भयो ।

स्रोत नखुलेको रकम सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको उहाँले बता वताउनु भयो । उहाँहरुविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस