लालु–लैफु शहिदमार्ग माल्कोट गाउँ पुग्यो, जनताद्वारा भव्य स्वागत

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीद्धारा निर्माणाधिन कालिकोट जिल्लाको लालु–लैफु शहिदमार्गको निमार्णकार्य माल्कोट गाँउ पुगेको छ । सडक निमार्णकार्य बिहीबार माल्कोट गाँउ पुग्दा सयौँको संख्यामा उपस्थित स्थानिय जनताले निमार्णकार्यमा रहेका नेकपाका नेता कार्यकर्ताहरु प्राविधिकहरु र स्काइभेटरका चालकलाई स्वागत गरेका हुन ।

लामो समयको कडा मेहनेत र चट्टानयुद्ध भुभाग पार गरेर सडक माल्कोट गाँउ पुगेको हो । यो सडकको निमार्णकार्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ ।

स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विवेक सी, अविचल सी, जिल्ला कमिटी सदस्य धरातल सी, अर्जुन सी, राधिका सी, अखिल (समाजवादी)का केन्द्रीय सदस्य संग्राम सी लगायतको उपस्थिति रहेको थियो।

सडक खण्ड माल्कोट पुगेसंगै स्थानिय जनतामा निकै उत्साह थपिएको छ । स्थानिय जनताले नेपाल कम्युनिष्ट पार्टी, पार्टी प्रवक्ता प्रकाण्ड सी, निमार्ण कार्यमा खट्ने पार्टी नेता कार्यकताहरु र प्राविधिक टिमलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस