जातीय छुवाछुत र भेदभावमा अझै कमी आएन सरोकारवालहरु

असोज १०, कालिकोट । कालिकोट जिल्लामा जातीय छुवाछुत र भेदभावका घटनाहरुमा अझै कमी नआएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।

 

सदरमुकाम मान्ममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले विहबार जिल्ला स्तरमा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि घटनाहरुको न्यायिक प्रहरी र अदालति प्रत्रियाका लागि सहकार्यमुलक कार्यशाला गोष्टी कार्यक्रमका सहभागीहरुले यस्तो कुरा वताएका हुन ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै जिल्ला समवन्य समितीका प्रमुख अनिपाल शाहीले जातीय भेदभावमा अहिले पनि कमी नभएको भन्दै जातीय भेदभावको मुख्य वाधक परम्परागत सोच र साँस्कृतिक भएको वताउनु भएको छ ।

कार्यक्रमका विशेष अतिथि जिल्ला न्यायधिस मादव प्रसाद सुबेदीले राष्टको सुख ,शान्ती र सम्मृद्धीका लागी जातीय भेदभाव वाधक तत्व भएको ठोकुवा गर्नु भयो । न्यायधिस सुबेदीले नेपालको संविधानको धारा २४ मा छुवाछुत र जातीय भेदभाव विरुद्धको मौलिक हक रहेको, धारा ४० मा दलित अधिकारको व्यवस्था रहेको भएपनि पुर्णरुपमा कार्यन्वय हुन नसकेको धारणा राख्नु भयो ।

सदभाव, ज्ञान र संस्कारको अभावले पनि जातीय भेदभाव हुने गरेको औल्याउदै न्यायधिस सुबेदीले यसलाई जरै देखि हटाउन सवै सरोकारवाला निकायहरुको सहयोगको खाँचो रहेकोमा जोड दिनु भयो ।

कार्यक्रममा सरकारी वकिल कार्यलयका प्रमुख दिनेश कुमार रेग्मीले छुवाछुत र भेदभावका घटनाहरु पुर्ण रुपमा उन्मुलन गर्न आत्मनिर्भर शिक्षा र क्षमता विकासमा जोड दिनु पर्ने वताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेले जिल्लामा जातीय भेदभावका घटनाहरुमा कमी नआएको भन्दै सवैको सहयोगमा यसलाई उन्मुलन गर्नु पर्ने वताउनु भयो ।

जिल्ला प्रहरी प्रमुख श्याम बाबु ओलियाले जिल्लामा विभेदका घटनाहरुमा कमी नभएको भन्दै दलित गैरदलित दुवै समुदायको सहयोगमा उन्मुलन गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाल वार एशोसियशनका जिल्ला अध्यक्ष दमन राज बमले कानुनी रुपमा छुवाछुत र भेदभावका विरुद्ध धेरै कानुनी व्यवस्था गरीएको दर्शाउदै वरु कार्यन्वयन प्रक्रियामा कमजोरी भएको औल्याउनु भयो ।

कार्यक्रमा खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का अध्यक्ष धनसिंह विश्वक्रर्मा, दलित अधिकारक्रर्मि रमेश नेपाली, पत्रकार नमराज योगी, कर्ण विश्वक्रर्मा लगायतका वक्ताहरुले आ–आफनो भनाई राख्दै छुवाछुत र भेदभावको अन्त्य गर्न सवै क्षेत्रको सक्रिय सहभागीता जरुरी रहेको औल्याएका थिए ।

यस्तै कार्यक्रमका अन्य सहभागि हरुले आफ्नो गुनासो राख्दै जनयुद्धको बेल धेरैजसो जातीय भेदभावका घटनाहरुमा कर्मी ल्याएपनि पछिल्लो समय पुनरावृति हुन खोजेको धारण राखेका थिए ।

कोटबाडाका डिल्ली कामिले पनि शासक साँस्कृती र गरीवीका कारण नै न्याय नपाएको भन्दै सवसाधरणका लागि कानुन पनि झन्झटिलो भएको बताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटका सचिव अनिपाल विश्वक्रर्मा, राष्ट्रिय अनुसन्धान विभाग कालिकोटका प्रमुख दिल बहादुर चौधरी, सशस्त्र प्रहरी बल नेपाल कालिकोटका प्रमुख डिल प्रसाद भट्ट, दलित अधिकारक्रर्मि, जनप्रतिनिधि, कानुन ब्यावसायी, संघ संस्था, पत्रकार लगायत बिभिन्न क्षेत्रबाट सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै साझा आवज परियोजनाका जिल्ला संयोजक चित्र बिश्वक्रर्माले जिल्लामा बिभिन्न समयमा दलित समुदाय माथी हत्या, हिंसा, कुटपीट र जातीय भेदभाव जस्ता सामाजिक अपराधका घटनाहरु हुने गरेकोले त्यसलाई रोक्न घटनाका दोषी लाई कानुनी दाहेरामा ल्याउन तथा सामाजिक रुपान्तरणका लागि जनचेतनाको विकास गराउने उद्देश्य राखि कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटका अध्यक्ष जय विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण साझा आवज परियोजना फिल्ड सुपरभाइजर कृष्ण तिरुवाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस