विप्लवको राज्य समिति सदस्य सत्तारुढ नेकपामा प्रवेश भन्ने भ्रामक समाचार प्रति विप्लव नेकपाको आपत्ती


असोज ११ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले विप्लवको राज्य समिति सदस्य धनिराम सिम्खाडा सत्तारुढ नेकपामा प्रवेश भनेर केही संचार माध्यमले फैलाएको भ्रमको खण्डन गरेको छ ।

सिम्खाडा चितवन जिल्लामा कार्यरत रहको र त्यहाँको जिल्ला पार्टीले कार्वाही गरेर एरिया कमिटीको सदस्य मात्र रहेको स्पष्ट पारेको छ । सिम्खाडाको श्रीमति सिसौं शाही भने विप्लव नेकपाको व्युरो सदस्य अहिले पनि रहनु भएको सो पार्टीले जनाएको छ । श्रीमती संगको पारिवारिक विवादका कारण सम्वन्ध विग्रीएकाले सिम्खाडा सत्तारुढ नेकपामा प्रवेश गरेको हुन सक्ने विप्लव नेतृृत्वको नेकपा कालिकोटले वताएको छ ।

केही संचार माध्यमले विप्लवका राज्य समिति सदस्य धनिराम सिम्खाडा (सुदर्शन)सत्तारुढ नेकपामा प्रवेश गरेको भनेर झुट्टा समाचार प्रसारण गरेको प्रति सो पार्टीले आपत्ती प्रकट गरेको छ । संचार क्षेत्रमा हुनु पर्ने न्युनतम आचरण पनि पालना नगरि होचुवाको भरमा तथ्यहिन समाचार प्रसारण गरेकोमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले ज्वाला खवरलाई वताउनु भएको छ ।

धनीराम भन्ने आफ्नो पार्टीको सदस्य भएपनि राज्य समिति सदस्य नभएको पनि सो पार्टीले जनाएको छ । यस्तै सो पार्टीले पार्टीको अनुसासनलाई पालना नगरेकोमा कार्वाही गरिएका सिप्खाना घर भएका खनिज पनि सत्तारुढ नेकपामा प्रवेश गरेको स्पष्ट पारेको छ । तर उनीहरु दुवै जना जिल्ला समिति कालिकोटको सम्पर्कमा नरहेको पनि वताएको छ । पार्टी क्रान्ति वाट विचलीत हुनेहरुले दलाल संसदीय पार्टीमा प्रवेश गरेर कुनै पार्टीलाई क्षति नहुने पनि नेकपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस