केशव भुलको लेखमा एमसीसीको डलर पसेको छ कि ? अनुसन्धान गर्नुपर्छः भरत सी

१० कार्तिक, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले केशव भुलको लेखमा आपत्ति जनाउदै एमसीसीको डलर पसेको आसंका गर्नु भएको छ ।

नेता भरत सीले आफ्नो फेसबुकवालमा सोमबार एउटा स्टाटस लेख्दै केशव भुलले नेपाल प्रेसमा लेखेको लेख प्रतिक्रान्तिको भूत सवार भएको भन्दै एमसीसीको डलर पसेको आसंका गर्नु भएको हो ।

उहाँले यो लेख लेख्नेमाथि अनुसन्धान गर्नुपर्ने पनि तर्क गर्नु भएको छ । नेता भरत सीले केशव भुल भन्नेले भूल गरेका छन– सम्झाउनु पर्छ भन्नु भएको छ । उहाँले विप्लव जस्तो देशभक्त स्वच्छ छविको क्रान्तिकारी नेतालाई सम्पूर्ण बल लगाई नकारात्मक रुपमा प्रस्तुत गर्ने उनको नेपालप्रेसमा आएको लेख स्वभाविक नभएको टिप्पणी गर्नु भएको हो ।

उहाँले उनको लेखले नवदलालको गन्ध छर्दै योजनाबद्धताको जनाउ दिदै कसैको एक मामुली कारिन्दाको कर्तव्य पूरा गरेको आरोप लगाउनु भएको छ ।

नेता भरत सीले आफ्नो स्टाटसमा लेख्नु भएको छ ‘केशव भुल भन्नेले भूल गरेका छन– सम्झाउनु पर्छ । विप्लव जस्तो देशभक्त स्वच्छ छविको क्रान्तिकारी नेतालाई सम्पूर्ण बल लगाई नकारात्मक रुपमा प्रस्तुत गर्ने उनको नेपालप्रेसमा आएको लेख स्वभाविक छैन । उनको लेखले नवदलालको गन्ध छर्दै योजनाबद्धतताको जनाउ दिदै कसैको एक मामुली कारिन्दाको कर्तव्य पूरा गरेको छ । त्यो लेखमा प्रतिक्रान्तिको भूत सवार त भएकै छ थप एमसिसिको डलर पसेको छ कि अनुसन्धान गर्नुपर्छ ।’

अछाम घर भएका पत्रकार केशव भुलले ‘विप्लवको राजनीतिक यात्राः क्रान्तिको भ्रम जाल,विभाजनको दुश्चक्र र असफलताको विरासत’ भन्ने शिर्षकमा नेपाल प्रेसमा नेकपा र विप्लवको खरो आलोचना गरेर लेख लेखेका छन ।

कुनै बेला विप्लवकै पत्रकार संगठनमा रहेका पत्रकार भुल अहिले नेकपा माओवादी केन्द्रको पत्रकार संगठनमा सहभागी छन । उनको लेखले प्रतिक्रान्ति र साम्राज्यवादीहरुलाई सहयोग पुर्याएको विभिन्न क्षेत्रको टिप्पणी सहित आलोचना छ ।

यस्तै नेकपाका केन्द्रीय सदस्य विवेक सीले आफ्नो फेसवुकवालमा लेख्दै यस्ता मिथ्या आरोप त कि साम्राज्यवादीले लगाएका छन् कि त साम्राज्यवादका नोकर दलालहरुले लगाएका छन् भन्नु भएको छ ।

नेता विवेक सीले आजको पाँच सात बर्ष अगाडी देखि जे विप्लव ले भनेको र विश्लेषण गर्नु भएको थियोे अहिले देश त्यही अवस्थामा गएको दाबी समेत गर्नु भएको छ । सामाजिक सञ्जालामा पत्रकार केशवको चर्को आलोचना बढेको छ ।

प्रतिक्रिया दिनुहोस