कार्तिक ११ कालिकोट ।
जिल्लामा कोरोनाको समस्या वढदै गएपछि र प्रशासन कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले ५ दिनका लागि कार्यालय शिल गरेको छ ।
कार्तिक १२ दे ि१६ गते सम्मका लागि प्रशासन कार्यालय शिल गरिएको सुचना मार्फत प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले जानकारी गराउनु भएको हो ।
सुचनाामा प्रशासन कार्यालयकै एक कर्मचारी कन्ट्याक ट्रेसिङ्गमा परेको वेला कोरोना संक्रमण पुष्टी भएकाले सो कर्मचारीको कन्ट्याक ट्रेसिङ्गमा परेका अन्य कर्मचारीहरुको स्वाव परिक्षण गराउने कार्य भइरहेकाले स्वाव परिक्षणको नतिजा नआउन्जेल सम्मको लागि प्रशासन कार्यालय शिल गरिएको उल्लेख छ ।
प्रसासनले सुचना मार्फत शिलको अवधिमा प्रसासन कार्यालयले दिइने सेवाहरु मध्ये शान्ति सुरक्षा कोभिड १९ सम्वन्धि काम वाहेक सवै सेवा वन्द गरिएको जनाएको छ ।
कोरोना वढदै गएकाले जिल्लावासी सवैलाई सजक र सर्तक रहन पनि प्रशासनले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस