कालिकोटमा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

१० कार्तिक,कालिकोट । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रवहादुर चन्द (बिरजङ) को कालिकोटको माल्कोटमा भव्य रुपमा श्रद्वाञ्जली सभा सम्पन्न गरिएको छ ।

नेकपाको केन्द्रीय कार्यक्रम अनुसार आज नेकपा कालिकोटले माल्लकोटमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । बिरजङको फोटोमा सहभागिहरुले माल्यापर्ण गर्दै वाँकी सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

श्रद्धान्जली सभामा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एटमले विरजंगको वाँकी अभिभारा अव नेकपा र यसका नेता,कार्यकर्र्ताले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुृ भयो ।

सभामा अतिथिको रुपमा सहभागि पार्टी केन्द्रीय सदस्य बिराट, बलवान्, संगम, मुगु जिल्ला सेक्रेटरी समाज, हुम्ला सेक्रेटरी सिद्धान्त, जिल्ला सल्लाहाकार संयोजक छत्र ब बम, लगायतका नेताहरुले पनि विरजंगको फोटोमा माल्याअपर्ण गर्दै अधुरो सपना पुरा गर्ने वाचा गरेका थिए ।
नेताहरुले सभामा वोल्दै पार्टीलाई विरजंगको निधनले अपूरणीय क्षति पुगेको वताएका छन ।

उनीहरुले विरजंग क्रान्तिको आर्दश पुजी भएको पनि वताएका छन । भोली देखि सुरु हुने प्रशिक्षणमा भाग लिन आएका कर्णालीका साविकका पाँच वटै जिल्लावाट सहभागि नेता कार्यकर्ताले विरजंगको फोटोमा माल्याअपर्ण गरेका थिए ।

सभामा भेरी कर्णाली जनकलाकारले श्रद्धान्जली गित समेत प्रस्तुत गरेको थियो ।

जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा सम्पन्न भएको श्रद्धान्जली सभाको रमेशले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस