माओवादी केन्द्र फुट्यो,कर्णजितको नेतृत्वमा अर्को माओवादी केन्द्र

मंसिर १२ काठमाडौं । गोपाल किरातीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वाट पार्टी पुर्नगठन गरेको माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले आफ्नो पार्टी देशव्यापी संगठन निर्माणको अभियानमा जुटेको वताउनु भएको छ ।

हालै सम्पन्न बैठकको निर्णयहरु सार्वजनिक गर्न सुक्रवार अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुढाथोकीले त्यस्तो बताउनु भएको हो ।

अध्यक्ष बुढाथोकीले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा अघि बढेको भन्दै त्यसमा जोडिन आम जनसमुदायमा आह्वान गर्नु भयो ।

पत्रकार सम्मेलनमा गोपाल किरातीमा देखिएको वैचारिक विचलनताका कारण पार्टीले उहाँ माथी कारबाही गरेको आरोप लगाउनु भयो । किराँतीले भने उनीहरुलाई पार्टी वाट निस्कासन गरेको वताउनु भएको छ ।

उहाँले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय, स्थायी सदस्य १५, पोलिटव्यूरो ३३ सदस्यीय बनेको सार्वजनिक गर्नु भएको छ । माओवादी केन्द्रको वरिष्ठ नेता तिलक थापामगर र उपाध्यक्षमा रंगनाथ ढकाल रहेको समेत जानकारी दिनु भयो ।

त्यस्तै स्थायी समिति सदस्यमा नरेश शाही, धन कुमारी मगर, लोकराज जैसी, सिंह ब.बिक, बलाराम पुन, धर्मराज बेडुवाल, अरुण घिसिंङ, टिपि गौतम, प्रकाश दाहाल, त्यसैगरी पोलिटब्युरो सदस्यहरुमा कृष्ण खडक, दुर्गा खत्री, कृष्ण बोहोरा, जनक कामी, ब्यासि तिरुवा, रंगमल रोकाया, प्रकाश तिवारी, राम प्रसाद मैनाली, कुमार याख्खा राई, लक्ष्मण खडका, शुसिल नाथ योगी, कपिल सिजापति, पासाङ तामाङ, भागिराम चौधरी विक्रम, धर्म सञ्ज्याल ध्रुब, रतन कुमार बिक, ज्ञानु बम, शोभा आचार्य, भोजराज त्रिपाठी, सूर्य बहादुर खत्री, लगाएत रहेको उहाँले सार्वजनिक गर्नु भयो ।

त्यस्तै पार्टीको केन्द्रीय सदस्यहरुमा मिना चन्द, रमेश थापा, योगश राम्झाली, बिरेन्द्र लामा, भिम बिक, हिरा देवकोटा, सुकैलाल बर्मा, कमला धामी, सुवास लामा, जीवन ऐडि, रामकृष्ण बुढा, मनराज कठायत, टेकमल दर्जि लगाएत रहेको उहाँले बताउनु भयो । तर यो समुहमा रहेका नेताहरुले धेरै नेताहरुको नामहरु सार्वजनिक गरेपनि को कता तिर अझै एकिन नभएको र कित्ता अलग हुन वाँकी नेताहरुको नामावली समेत समावेश गरेको किराँती समुहले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस