अतिक्रमित सिमा फिर्ता गर्न संघर्ष गरौं

हाम्रो सार्वभौम मुलुक नेपाल वारम्वार सिमा अतिक्रमणको चपेटामा छ । छिमेकी देश भनेर चिनिने दक्षिणको सिमा क्षेत्र जोडिएको र पूर्व र पश्चिम सहित तीन तिर वाट नेपाललाई घेरेको देश भारत हो । यसले वारम्वार नेपाल माथि हस्तक्षप गर्दैैै नेपाली भू–भाग कव्जा गरिरहेको छ । पूर्वमा झापा देखि पश्चिम कंचनपुर,दार्चुलाका नेपाली भू–भागहरु भारतीय साम्राज्यवादले जवर्जस्त कव्जा गरेको छ । नेपाली जनता माथि आफ्नो नाङ्गो चरित्र प्रदर्शन गरेको छ ।

पछिल्लो समय दार्चुलाको कालापानी, लिम्पियाधुराको सिमा विवाद चर्को रुपमा उठेको छ । हुन त कालापानी,लिम्पियाधुरा शतप्रतिशत नेपालको हो । कालापानीमा वि.स. २०१८ सालमा नेपालको तर्फवाट जनगणना समेत भएको छ । चीन बाटको सुरक्षा खतराका नाममा कालापानीको नेपाली भू–भागमा तत्कालीन नेपाली सत्तासिन संगको मौखिक सम्झौतामा भारतले केही समयका लागि भन्दै आफ्नो सेना राख्यो ।

वेलावखत भारतीय सेना कालापानी वाट हट्नु पर्छ भन्दा पनि हाल सम्म हटेन । अहिले सम्म जति सरकारहरु भए उनीहरुले पनि हटाउन सकेनन् । आज जसको परिणाम नेपाली भू–भाग कालापानी ,लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा पार्दै सार्वजनिक गर्यो ।

अनि नेपालीहरुको आँखा बल्ल खुल्यो । नेपाली भू–भाग अहिले सम्म किन खोजि गरिएन त ? यसको एउटै जवाफ हो वेलावखत देशका सिमा ,नदि नाला वेचेर खाने आफ्नै देशका गद्धार तथा राष्ट्रघाती नेताहरुका गलत सम्झौताका कारण हो । अहिले सम्म कैयौं सरकार वने नत कालापानी,लिम्पियाधुराको समस्या समाधान भयो ? नत सुस्ताको समस्या समाधान भयो ? उल्टै देशका विभिन्न क्षेत्रका सिमा क्षेत्रहरु सहित ६० हजार हेक्टर नेपाली जमिन भारतले अतिक्रमण गरी कव्जा गरेको छ ।

यसको फिर्ताका लागि सरकारको तर्फ वाट कुनै कडा कदम छैन । कुटनैतिक पहल भइरहेको छ भनि सरकारमा हुनेहरुले जनतालाई डाँटिरहेका छन । जुन व्यक्ति चोर हुन्छ उसले कदापि पनि चोरेको वस्तु मैले चोरेको हो भनि फिर्ता गर्दैन । सायद नेपालको अतिक्रमित भू–भाग यस्तै अवस्थामा छ । हाम्रा आफ्नै वाहिर ठुला राष्ट्रवादी नारा दिने तर भित्र ठुलो राष्ट्रघात गर्ने नेताहरुको कुवुद्धिका कारण सिमा क्षेत्रका भू–भाग र नदि नालाहरु गुमेका छन ।

अनि वाँकी जमिनमा पनि भारतीय शाषकहरुले हस्तक्षेप गर्ने मौका पाएका छन । होइन भने भारतीय साम्राज्यवादले नेपाल माथि यतिका अतिक्रमण गर्ने दम राख्न सक्दैन थियो होला । आफ्नै घर भित्र कोही राष्ट्रघाती हुने र कोही राष्ट्रवादी हुनेले गर्दा घर भित्र विदेशिहरुले खेलिरहेका छन । राष्ट्र र राष्ट्रियता माथि पनि प्रत्यक्ष असर परेको छ ।

अव मुखले मात्र राष्ट्रियता स्वाभिमान भनेर नपुग्ने वेला भयो । राष्ट्रघाती र राष्ट्रवादी छुट्याउनु पर्ने वेला भयो । नेपाल आमाको छाती माथि संगीन रोप्ने आफु भित्रका राष्ट्रघाती र वाहिरीय अतिक्रमणवादीहरुका विरुद्ध संगै संघर्ष गर्नु पर्ने वेला भयो । यदि आफ्नो माटो प्रति माया छ भने संघर्ष गर्नु पर्ने वेला आयो ।

आफै राष्ट्रघात गर्ने र आफै राष्ट्रियताको नारा दिनेहरुलाई जनताले राम्रो संग तह लगाऔं । कुनै पनि अवस्थामा आफ्नो राष्ट्र जोगाउनु हामी नेपालीहरुको कर्तव्य हो । शान्तिपूर्ण रुपमा हाम्रो भूमि फिर्ता गर भन्दा यदि असल छिमेकी देश भारत वन्न चाहान्छ भने फिर्ता गर्नु पर्छ । यदि त्यसो होइन नेपाललाई ढिलो या चाडो आफ्नो प्रान्त जस्तै वनाउन भारतीय साम्राज्यवादले चाहेको हो भने नेपालीहरु भारतको दिवा स्वप्नका विरुद्ध सडकमा उत्रिनै पर्छ ।

मागेर आफ्नो भूमि पाईदैन भने खोसेर लिन तयार वन्नै पर्छ । शान्ति वार्ता, कुटनीतिक पहल वाट भारतले कुनै चासो दिदैन सिमा अतिक्रमण गरिरहन्छ भने नेपालीहरुले अव हातमा दहि जमाएर वस्ने वेला होइन । आफ्नो राष्ट्रियताका लागि एक पटक एक ढिक्का हुनैपर्छ । राष्ट्रघातीहरु समयमा चिन्नै पर्छ ।आफ्नो पूर्ण राष्ट्रिय स्वाधिनताको रक्षा र मुक्तिका लागि राष्ट्रिय एकताको संघषर््ामा लागौं । भारत संग भएका सवै प्रकारका असमान सन्धि सम्झौताहरु खारेज गरौं । नेपाललाई स्वतन्त्र र स्वाभिमान राष्ट्रको रुपमा चिनाउन एक पटक पूर्खाको इतिहासँलाई सवै नेपालीहरुले आत्मसात गरांैं ।

प्रतिक्रिया दिनुहोस