सुर्खेतमा कर्फ्यु जारी, प्रहरीको गोली वाट ८ जना घाइते, स्थिति तनावपुर्ण

 

माघ १४, सुर्खेत । सुर्खेतमा सवारी दुर्घटनालका कारण आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रसासनले आज साझ साढे ६ वजे देखि भोलि विहान ६ वजे सम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको वैठक पछि साहयक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर खड्काको हस्ताक्षर सुचना जारी गर्दै पुर्वमा इत्राम खोला,पश्चिममा वाङ्गेसिमल ,उत्तरमा कपासे व्यारेक ,र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटरको दक्षिण क्षेत्र सम्म कर्फ्यु लगाइएको जनाईको छ ।

यसअघि चर्किएको आन्दोलन नियन्त्रण गर्न दिउसो प्रहरीले गोली चलाउदा ८ जना घाईते भएका छन । आज विहान ट्रिपरको ठक्कर वाट कालिकोट महावैका २० वर्षिय युवक केशर सिंहको मृत्युु भएपछि आन्दोलनले उग्ररुप लिएको हो ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंह लगायत ८ जना घाइते भएका छन् । घाईतेहरुको संख्या अझै वढन सक्ने अनुमान गरिएको छ ।

आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर मात्र गरेको र अज्ञात समूहले गोली चलाएको हुन सक्ने प्रहरीले दावी गरेको छ ।
आन्दोलनकारीले दोषीलाई कडा कार्वाही र पिडीत परिवारलाई उचित क्षेतिपूर्ति दिनु पर्ने माग गर्दै एरिचोकमा टायर वालेर प्रर्दशन गरिरहेका छन । स्थिति अहिले पनि तनापुर्ण रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस