केपी ओलीको श्री ३ बन्ने सपना चकनाचुर हुनेछ ः प्रचण्ड


१५ माघ वुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफू श्री ३ बन्नकै लागि संविधानको हत्या गरेको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध बिहिबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै उहाले संविधानको हत्या गरेर जनमतको अपमान गर्दै ओली श्री ३ बन्ने बाटोमा लागेको ओलीको त्यो चाहाना केही महिना भित्रै ध्वस्त हुने दाबी गर्नु भयो ।
अध्यक्ष दाहालले भन्नु भयो , केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ । हेर्नुहोला केही महिना भित्रै ओलीको स्वेच्छाचारीताको अन्त्य हुनेछ, नेपाली जनताको जित हुनेछ ।’ केपी ओलीलाई आफैले प्रधानमन्त्रीको प्रस्ताव गरेको व्यक्ति निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताउनु भयो ।
संसद विघटन गर्दै फेरि एकपटक देशलाई निरंकुशता र तानाशाही तिर फर्काउने कुचेष्टा गरिएको उल्लेख गर्दै उहाँले निरंकुश राणा र राजतन्त्रलाई लात्ताले हानेर श्रीपेच खोसेर धपाएका जनताले नै ओलीलाई पनि लेखेट्ने दाबी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस