२८ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप


१५ माघ,काठमाडौँ । खोप अभियानको दोस्रो दिन देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएको जानकारी दिनु भएको हो ।
प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् ।
प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताउनु भयो । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए । बुधबारदेखि सुरु भएको खोप अभियान अन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस