१४माघ,नेपालगंज । छोराको चाहनामा विभेदपूर्ण भुरुण परिक्षण गर्नेको संख्या पछिल्लो समय बाँकेमा बढ्दै गएको छ । नेपालगंजको एचसीआरसी अस्पताल ९प्रसुति गृह० लगायतका निजी क्लिनिकहरुमा भुरुण परिक्षण गर्दै गर्भपतन गराएर चर्को असुली गर्नेक्रम वढेको खुलासा भएको छ ।
गैरकानुनी रुपमा लिंग छनौट गर्ने अस्पताल तथा निजी क्लिनिकहरुले प्रति व्यक्ति १० हजार असुली गर्ने गरेको तथ्य वाहिरिएको हो ।
नाम नभन्ने सर्तमा चारवाहिनी चोक नजिकै रहेको एमसीआरसी अस्पताल ९प्रसुति गृह० मा एक जना महिलाले लिंग परिक्षण गरि १० हजार तिरेको वताएकी छन ।
आफ्नो ३ वटा छोरी भएको र फेरी पनि गर्भ रहेकाले लिंग परिक्षण गराइएको उनको भनाई छ । त्यसका लागि आफुले प्रसुति गृह एचसी आरसी अस्पताललाई १० हजार रुपैया तिरेको वताएकी छन । कानुनी रुपमा भुरुण परिक्षण गर्ने र गराउने कार्य दुवै दण्डनिय हो ।
पछिल्लो समय पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिंग परीक्षण गराउने गरेका छन् ।
सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भुरुणको लिंग पहिचान गरिदिने र गैरकानुनी गर्भपतन गराइदिने गरेको पाइएको हो ।
त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गैरकानुनी रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको अधिकारकर्मीहरुको भनाइ छ । ।
भेरी अस्पतालले दिएको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा भेरीमा मात्रै दुई हजार पाँच सय ८५ जनाले गर्भपतन सेवा लिएका छन । अस्पतालका अनुसार वाहिर भुरुण परिक्षण गराउने र गर्भपतन गराउन भेरीमा आउने गरेका छन । प्राय जहाँ भुरुण परिक्षण गरियो त्यही गर्भपतन पनि गराउने गरेका छन ।
भेरी अस्पतालमा कार्यरत नर्स वसुन्धरा ज्ञवालीले बाहिर लिंग पहिचान गराइ गर्भपतन गराउन भेरी आउनेको संख्या अस्पतालमा कमै भएको र वाहिर धेरै हुने गरेको बताउनु भयो ।