१६ फागुन, कालिकोट । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले रास्कोट नगरपालिकामा भव्य र्याली निकालेको छ ।
माओवादीले शुक्रवार र शनिवार रास्कोटका विभिन्न ठाउँमा भव्य चुनावी र्याली निकालेको हो । माओवादीले र्यालीमा भोट केमा– गुलाफमा भन्ने नारा मुख्य बनाएको छ ।
प्रेमको प्रतिक गुलाफको फुललाई चुनाव चिन्ह बनाएको माओवादीले जनतासंग प्रेम साँट्न गुलाफलाई नै रोजेको हो ।
गुलाफको फुललाई सेतो झण्डामा सजाउदै हात– हातमा बोकेका रास्कोटी महिला र पुरुषहरुले भोट गुलाफमा हाली प्रकाण्डलाई जिताउँ जिताँउ, नेकपा (माओवादी) –जिन्दावाद, एमसीसीका दलाल –मुर्दावाद, वीर सहिद –लालसलाम जस्ता नाराहरु लगाएका छन ।

रास्कोटी जनताले शनिवार फूकोटको पुछ्र्र्र्रेगाँउ, स्यूनाको बड्डाला, ओखलढुङगा, गोर्खालीवाडा, रानागाउँ, कर्णाली टोल,विमल टोल, साहुवाडा, आरसीपी बजार र विजयपुर लगायतक ठाउँहरुमा भव्य र्याली गरेका छन ।
यसअघि माओवादीले शुक्रवार फूकोटको थोल्म, फुकु, ताम्ती, वालुखेत, चुत्रिकोट, वामनथान, पलाँतीवाडा, पाटेडिल, गैरागाँउमा भव्य र्याली गरेको थियो ।
र्यालीमा सहभागीहरुले प्रकाण्ड भनेको जनयुद्धको कालिकोटको संस्थापक नेता भएको भन्दै माओवादी जनताले उहाँलाई जिताउनुको विकल्प नभएको बताएका छन ।
केही माओवादी भित्र खाओवादी जन्मिएको भन्दै र्यालीमा सहभागी जनताले वास्तविक माओवादी प्रकाण्ड भएको बताएका छन ।

जनताले भ्रष्ट नेताहरुलाई भोट दिन नहुने बताउदै जनताको नेता प्रकाण्डलाई जिताउनु पर्ने बताएका छन ।
र्यालीमा भोट के मा गुलाफमा भन्दै नाच्दै गाउँदै र देउडा लगाउदै रमाईलो गर्दै रास्कोटी जनताले प्रकाण्डको पक्षमा भोट मागेका छन ।
र्यालीमा सहभागीहरुले गाउँ –गाउँमा कर्णालीको देउडा समेत लगाउदा स्थानीय जनताहरु निकै आकर्षित भएका छन ।
ठाउँ –ठाउँमा र्यालीलाई जनताले स्वागत गर्दै भोट प्रकाण्डलाई नै दिने बचन दिएका छन ।

र्यालीमा माओवादीका केन्द्रीय सदस्य विराट सी, समर सी, अखिल सी, अपार सी, सल्लाहकार समग्र सी, पत्रकार वसन्त सी, निर्देशन सी, लगायतका नेता कार्यकर्ता तथा स्थानीय जनताहरुको उल्लेखीय सहभागिता रहेको थियो ।



