मनवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

फाल्गुन १६, कालिकाेट । शिक्षा, स्वास्थ्य,खाद्य र आवसको अधिकारका लागि वकालत गर्न इन्सेकद्धारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहको चौथो वैठक आज जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

मानवअधिकार समुहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा वसेको वैठकले खाँडाचक्र नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा औषधी र खानेपानीको समस्याको पहिचान गरी समाधानका लागि नगरपालिकामा मागदावी पत्र पेश गर्ने निर्णय गरेको हो ।

मान्म स्थित एटुजेट एकेडेमीको हलमा सम्पन्न वैठकले नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, खाद्य, आवास, महिला, बालबालिका, सुशासन र सूचनाका अधिकारका सवाललाई उजागर गर्न निगरानी नामक पत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ ।

मानवअधिकार समुहद्धारा प्रकाशन गरिने पत्रिकामा कृषि, बन लगाएतका सवाल समेत उठान गरिने सचिव कपुरे विश्वकर्माले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस