स्वास्थ्य क्षेत्रमा आफ्नो पहिलो प्रथामिकताः अध्यक्ष चौलागाँई

 

फागुन १६, कालिकोट । शुभकालिका गाउँपालिकाले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ ।

इन्सेक कालिकोटको आयोजनामा शुभकालिका गाँपालिकामा बुधबार आयोजित स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँई स्वास्थ्य क्षेत्र आफ्नो पहिलो प्रथामिकता भएको वताउनु भएको हो ।

यस्तै गाउपालिका अध्यक्ष चौलागाँइले आफू निर्वाचित भएपछि पहिलो प्रथामिता स्वास्थ्य क्षेत्रको सुधार रहेको र सोही अनाुसार काम गरिरहेको समेत वताउनु भयो । उहाले स्थानीय सरकारले पनि प्रयाप्त बजेट विनियोजन गरेको र संघिय सरकारबाट ८० करोड बजेट आउने समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा शुभकालिका गाउँपालिकामा रहेका सवै वडाको स्वास्थ्य अवस्था तथा समस्याका वारेमा सहभागिहरुले जानकारी गराएका थिए । शुभकालिका गाउँपालिका–३ भर्ता थुनि स्वास्थ्य इकाका प्रमुख कौशिला अधिकारीले आफू कार्यरत स्वास्थ्य इकाइमा खानेपानी,सौचालय,भवन र आवश्यक आषधीको समेत समस्या रहेकोले गाउँपालिकाले ध्यान दिनु पर्ने वताउनु भयो ।

सोही पालिकामा रहेका धेरै स्वास्थ्य चौकीका प्रमुखहरुले आवश्यक सामाग्री,औषधी,भवन,सौचालयको समस्या रहेको जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस