१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नु भएको छ । आज विहान ६ः१९ मा ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उहाँलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । यसै विच आज विहान ५ः४० बजे पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।