बाँके । कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च गठन भएको छ । सोमवार कोहलपुरमा सम्पन्न प्रथम भेलाले कर्ण सीको संयोजकत्वमा २१ सदस्सीय मञ्च गठन भएको हो ।
मञ्चका अन्य सदस्यहरुमा प्रभाजित सी, सभ्यता सी,रोशन सी,एलान सी,मदन थापा, रामबहादुर वुढा सुमन आर्चाय,देव वहादुर डिसी,खेम वहादुर डिसी,जयलाल सी,ज्योति सुनार,सन्तोस कुमार उपाध्याय,झरना सी,आक्रमण सी, दिनेश शाही लगायतलाई रहेका छन ।
कर्णालीबाट भौगोलिक रुपमा विकेन्द्रीत भएर बाँके बसेका र भावनात्मक रुपमा कर्णालीको माया भएका सबै कर्णालीवासीलाई गोलबन्द गर्दै समाजवादी क्रान्तिमा लिन मञ्च गठन गरिएको बताईएको छ ।
आधार सीले हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गरौं,समाजवादी नमुना कर्णालीका लागि सहर्ष सहकार्य गरौं भन्ने मुल नारा सहितको प्रस्तावना पेश गरेका थिए । यसले कर्णालीको एकता र मुक्तिको सन्देश दिएको छ ।
भेलाले हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गरौ र नमुना कर्णाली निमार्ण गरौ भन्ने उद्देश्य बोकेको कार्यसमिति चयन गरेको छ । भेलाले समाजवादी मञ्चलाई सितल चौतारीको रुपमा फराकीलो र गहकिलो बनाउने निर्णय पनि गरेको छ ।
भेलामा प्रस्तुत कार्यपत्रमा भनिएको छ – ‘राजनीतिक परिदृश्यले हामी कर्णालीवासीहरुको काँधमा बिशेष जिम्मेवारी सुम्पिएको छ कि हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गर्ने । यसर्थ , समाजवादी नमुना कर्णाली निर्माण अभियानमा हामी कर्णाली – बाँके , नेपालगन्ज आवासी प्रीयजनहरुसंग समाजवादी सम्पर्क मंच नामक सितल चौतारीमा सहृदयी फराकिलो – गहकिलो – अग्रगामी सम्बन्ध र सहकार्य गर्न चाहन्छौं । किनभने , शीरमा जलटावरसरी हिमाल , छातिमा कन्चन कर्णाली , संजिवनी जडिबुटी र अक्सिजनयुक्त जंगल , आँतमा खनिज ,फाँटमा अन्नबाली हाम्रा समृद्धि र उन्नत जीवनका आधारहरु हुन ।’
भेलाको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढा (शुशिल सी)ले उद्घाटन गरेका थिए । उनले सबै कर्णालीमा जन्मिएका र छरिएर रहेका जनतालाई संगठित गर्न मञ्च गठन भएको बताए ।