नेकपाले भिजिट भिसा घुसकाण्डको गर्यो भत्सर्ना, सत्य तथ्य वाहिर ल्याउन माग

१४ जेठ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले भिजिट भिसामा भएको घुसकाण्डको घोर भत्सर्ना गर्दै घटनाको सत्य तथ्य वाहिर ल्याउन सरकारसंग माग गरेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा भएको घुसकाण्डको घोर भत्सर्ना गर्दै घटनाको सत्य तथ्य वाहिर ल्याउन सरकारसंग माग गर्नु भएको हो ।
नेकपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘देश र नेपाली जनताको अन्तर्राट्रिय जगत सामु बेईज्जती गर्ने र विदेश जाने नेपाली नागरिकहरूलाई रुवाएर घटाईएको राष्ट्रिय अपराधजन्य घुसकाण्डको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । घुसकाण्डमा संलग्न अपराधिक गिरोहको यथाशक्य छानविन गरी नेपाली जनता सामु तथ्यगत प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’
नेकपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देशभित्र आफ्नो भविश्य देख्न छोड्दै गएका युवा युवतीहरू रोजी रोटीको जोहो गर्न भिजिट भिसामा खाडी मुलुक र यूरोपियन देशहरूमा जान बाध्य बनाईएकाबाट हजारौँ र लाखौ रूपैया तिर्न विवस बनाई घटाईएको डरलाग्दो घुसखोरीजन्य काण्डमा देशको शान्ति सुरक्षाको जिम्मा लिएको गृह प्रशासन नै सङ्लग्न घटनाले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपाले दलाल राज्य ब्यवस्था र यसका संचालकहरूले गर्ने अविराम राष्ट्रघात र जनघातबाट सधैको निम्ति देश र जनतालाई मुक्त गर्न नेपाली जनताको प्रतिनिधित्व गर्ने समाजवादी राज्य ब्यवस्थामा देशलाई लिन ढिलो भैसकेको भन्दै यस महान, ऐतिहासिक र अनिवार्य कार्यका निम्ति तिव्रतामा तयार रहन आम नेपाली जनतामा हार्दिक अपिल गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस