पहिरोमा परि एकजना घाइते, हेलिकप्टरबाट उद्धार हुदै

कालिकाेट । नरहरिनाथ गाउँपालिका ८ छिल्पे भिरमा पहिरो आउदा एकजना बालक सख्त घाइते भएका छन ।

नरहरिनाथ गाउँपालिका ६ माल्काेटका करे बटालाका छाेरा वर्ष १३ का अनिल बटाला खुलालुबाट माल्काेट जानेक्रममा करिब ११ बजे तिर छिल्पे खाेलाकाे भिरमा पहिरो आउदा सख्त घाइते भएका हुन ।

उनको टाउकोमा चाेट लागेको छ । अहिले उद्धार गरि उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ र थप उपचारको लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस