पहिरोमा परि घाइतेकाे हेलिकप्टरबाट उद्धार

 

कालिकाेट । नरहरिनाथ गाउँपालिका ८ छिल्पे भिरमा पहिरोमा परि सख्त घाइते १३ वर्षीय अनिल बटालाकाे उपचारको लागि हेलिकप्टर मार्फत उद्धार प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

नरहरिनाथ गाउँपालिका ६ माल्काेटका करे बटालाका छाेरा वर्ष १३ का अनिल बटाला खुलालुबाट माल्काेट जानेक्रममा करिब ११ बजे तिर छिल्पे खाेलाकाे भिरमा पहिरो खस्दा सख्त घाइते भएका हुन ।

उनको टाउकोमा गम्भीर चाेट लागेको छ । उनको जिल्ला अस्पताल कालिकोटमा प्राथमिक उपचार पछि थप उपचारको लागि सुर्खेत पठाएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस