माधव नेपाल प्रचण्डका पुच्छर हुन् ः ओली


१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गर्नु भएको छ ।

प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गर्नु भएको हो ।

७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहनु भएका ओलीले भन्नु भयो , ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् ।

तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?
उहाले अघि भन्नु भयो , ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’
नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने प्रचार गर्दै हिँडेको भन्दै एमाले अध्यक्ष ओलीले ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् भन्नु भयो ।

प्रधानमन्त्री ओलीले नेता नेपालमाथि मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस