१४ असार, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् ।
सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।
काठमाडौं उपत्याकाको स्थानीय प्रशासनले मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ ।
तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।
ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रोजीरोटीको समस्या परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस