कालिकोटमा ८२ करोड वढी रकम फ्रिज

साउन १३, कालीकोट । जिल्लामा आर्थिक वर्ष २०७६।७७को कुल वजेटको २० दशमलव ४५ प्रतिशत रकम फ्रिज भएको छ ।

गत आर्थिक वर्ष २०७५।७६ को तुलनामा झण्डै १३ प्रतिशतले वढी यो वर्ष वजेट फ्रिज भएको हो । आर्थिक वर्ष ७५।७६ मा कुल वजेटको ७ दशमलव ७६ प्रतिशत वजेट मात्र फ्रिज भएको थियो ।

जिल्लामा आर्थिक वर्ष २०७६।७७को लागि संघीय सरकार वाट रु ३ अर्व ७९ करोड २३ लाख ७४ हजार ६सय २५ र प्रदेश सरकार वाट २ अर्व४४करोड ६०लाख ९० हजार ७८ गरी कुल ६ अर्व २३ करोड ८४ लाख ६४ हजार ७ सय ३ रुपैया अनुदान आएको थियो ।

जसमध्य ८२ करोड १५ लाख ९० हजार ४ सय ९ (२०.४५ %) रुपैया समय मै काम गर्न नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटले जनाएको छ ।

संघीय सरकारको ५ करोड ४६लाख ३४ हजार ६ सय २६ र प्रदेश सरकारको ७६ करोड ६९ लाख ५५ हजार ७ सय ८१ रुपैया फ्रिज भएको छ । प्रतिशतका आधारमा तुलना गर्दा संघको ८ दशमलव ११ र प्रदेशको ४२ दशमलव ४५ प्रतिशत वजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक वसन्त श्रेष्ठले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस