एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने जनपत्रकार संगठनको निर्णय

साउन १३, सुर्खेत । जनपत्रकार संगठन नेपालले अवको एक महिना भित्र जिल्ला र कर्णाली प्रदेश स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा वुधवार वसेको संगठनको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,जनपक्षीय पत्रकारीताको विकासमा प्रतिवद्धता” भन्ने मुलनाराका साथ वैठक भएको हो ।

वैठकले भाद्र १५ गते सम्म कर्णाली प्रदेशका सवै जिल्लाको भेला,सम्मेलन गर्ने र भाद्र १८ गते प्रदेश स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै वैठकले आगामी भाद्र १९ गते संगठनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

वैठकले जगदिशनाथ योगीको संयोजकत्वमा १७ सदस्यीय प्रदेश सम्मेलन आयोजक समितिको गठन गरेको जनपत्रकार संगठन नेपालले जनाएको छ ।

वैठकले भ्रष्ट,दलाल,राष्ट्रघाती,जनघातीहरुका विरुद्ध शसक्त भण्डाफोर गर्ने,पत्रकारको हक हित र पेशागत सुरक्षा र संरक्षणको लागि अभियानहरु संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

वैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि एटम विसीले वैठमा उठेका जिज्ञासाहरुको जवाफ दिदै वैठक ऐतिहासिक र महत्वपूर्ण भएको भन्दै जनताको पक्षमा कलम चलाउन सहभागीहरुलाई निर्देशन दिनु भयो ।

उहाँले संसदिय व्यवस्थाको असफलता भएकाले त्यसको विकल्पमा नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको वताउनु भयो । नेता विसीले त्यसको लागि प्रगतिशील संयुक्त सरकार निर्माण गरी जनमत संग्रह गर्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तैगरी जनपत्रकार संगठनका केन्द्रीय संयोजनक तथा विशेष अतिथि शेरबहादुर विश्वकर्माले वर्गिय समाजमा पत्रकारिता पनि वर्गिय हुने बताउनु भयो । उहाँले ‘पुँजीवादी र वर्गीय समाजमा कुनै पत्रकार स्वतन्त्र नहुने भन्दै हरेकले वर्गीय पक्षधरता लिने गरेको वताउनु भयो ।

संयोजक विकले संगठन भित्रका साथीहरुले संचालन गरिरहेका पत्रपत्रिकाहरुको संरक्षण,विकास र विस्तारमा विशेष ध्यान पुर्याउनु पर्ने धारणा राख्नु भयो ।

वैठकमा प्रदेशका सबै जिल्लावाट सहभागी प्रतिनिधिहरुले आ आफ्नो सुझावहरु राख्दै चलिरहेका मिडियाहरुको संरक्षण गरिनु पर्ने धारणा राखेका थिए ।

वैठक कर्णाली प्रदेश संयोजक जगदिशनाथ योगीको अध्यक्षता र केन्द्रीय सदस्य वसन्त विकको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस