दैलेख जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

असोज ११, दैलेख । डंगेश्वर गाउँपालिका–२ लाकुरी उममा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दैलेख बजारदेखि लाकुरी उमका लागि छुटेको लु १ ज ३९९१ नम्बरको जिप शुक्रवार साँझ दुर्घटना भएको थियो।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिनु भयाे । मृत्यु हुनेमा डुंगेश्वर–२ की ६० वर्षीया चन्द्रकला वली र करिब ८ वर्षीय दमन बुढा रहेका छन्।

यस्तै, दुर्घटनामा करिब ३८ वर्षीय इन्द्रबहादुर थापा र २८ वर्षीय लोकेन्द्रबहादुर थापा घाइते भएका छन्। उनीहरुमध्ये एक जनालाई उपचारका लागि सुर्खेत लगिएको र एक जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस