मंसिर १२, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सुजुवालले अपराधी उम्काउन कृर्ते कागज गराएको पाइएको छ । गाउँपालिकाले असुल गराएको पैसा कुनै पनि श्रेस्तामा नभेटिएपछि बिषेश अदालतले पैसाको खोजी गरेको छ ।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका अध्यक्षकै रोहवरमा असुल भएको १७ लाख १५ हजार रुपैयाँ कुनै पनि ठाउँमा दाखिला नभएको पाएपछि विषेश अदालतले विद्यालयलाई पत्र लेखेर असुल पैसा कहाँ कुन खातामा जम्मा भएको छ, जानकारी दिन पत्रमा भनिएको छ ।
जनता माध्यमिक बिद्यालय खार्दुमा कार्यरत शिक्षक पलाता गाउँपालिका वडा नं ९ निवासि जयलाल न्यौपानेले हिनामिना गरेको पैसा गाउँपालिका अध्यक्षको रोहवरमा बिद्यालय ब्यवस्थापन समितिलाई फिर्ता गरेको प्रतिवादी पक्षका कानुन ब्यवसायीले बिषेश अदालतमा लिखित कागज पेश गरेपछि सत्यतथ्य के हो कारण खुलाई पठाई दिन बिषेश अदालत बबरमहल काठमाडौँले साउन २७ गते जनता माबि ब्यवस्थापन समितिलाई पत्राचार गरेको पाइएको छ ।
अदालतले पठाएको पत्रमा पहिलो पक्ष बिद्यालय ब्यवस्थापन समितिलाई दोस्रो पक्ष भनिएका जयालाल न्यौपानेले पैसा तिरेको कागजलाई साथमा राखिएको छ । कागजमा पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवाल, वडा नं २ का सदन कठायत साक्षी बसेका छन् । प्रतिवादी पक्षका कानुन ब्यवसायीहरुले पैसा प्रतिवादी न्यौपानेले तिरिसकेको अदालतमा दावि गरेपछि यो घटना सतहमा आएको हो ।
२०७२ सालमा साविकको राम्नाकोट गाबिसमा रहेको जनता माबिको १७ लाख १५ हजार रुपैयाँ शिक्षक न्यौपानेले हिनामिना गरेको भन्दै जिल्ला अदालत हुँदै सर्वोच्च अदालत हुँदै अख्तियारसम्म उजुरी परेको गाउँपालिका अध्यक्षको रोहवरमा लेखिएको कागजमा उल्लेख छ ।
गाउँपालिकाले दुवै पक्षलाई झिकाई छलफल गरी पैसा असुल गराएको कागज प्रमाण पत्र नम्वर २३ का लेखा दिपराज बमले लेखेका छन् । सो कागजमा प्रतिवादी जयलाल न्यौपानेले पैसा तिरेको र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले गाउँपालिका अध्यक्षलगायतका साक्षीका अगाडी वुझेको उल्लेख गरिएको छ ।
तर त्यो पैसा हालसम्म कुनै पनि ठाउँमा दाखिला नभएको अदालतको पत्रमा उल्लेख छ । यता विद्यालयका अध्यक्ष रति रोकायाले भने आफ्नो बिद्यालयलाई कुनै जानकारी नभएकाले गाउँपालिकाले आफै किर्ते कागज गरेको बताउनु भएकाे छ ।
गाउँपालिका अध्यक्ष खडकराज सेजुवालले भने कागज फरक तरिकाले वनाएको ८ लाख जम्मा गरेकाले मुद्धा सहज होस भन्ने हेतुले किस्तामा अरु पैसा तिर्दै जाने मौखिक कुराका आधारमा कागज गराएको बताउनु भयाे ।
अर्को विद्यायालयमा पढाउन लगाएर अहिलेसम्म ८ लाख पैसाको त कागजात पठाइ सकेका छौँ । अरु पैसाको पठाएको छैन । जयलाललाई जोगाउन खोजियो, तर उसैले धोका दिएको गाउँपालिका अध्यक्ष सेजुवालले बताउनु भयाे ।
उता अभिभावक र स्थानियवासिहरुले गाउँपालिका अध्यक्षले अनियमितताको आरोपमा मुद्धा खेपिरहेका जयलाल न्यौपानेबाट पैसा खाएर अपराधी बचाउन खोजिएको आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समिति र प्रअलाई कुनै जानकारी नै नदिई जिम्मेवार गाउँपालिकाका अध्यक्षले यसरी किर्ते कागज बनाएको भनी आरोप लगाएका छन् ।