१३ पुस, हुम्ला । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका हुम्ला जिल्ला सेक्रेटरी सिद्धान्तले दलाल पूजीवादी व्यवस्था विरुद्ध सवै एक भएर लड्नु पर्ने वताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी हुम्लाले मंगलवार सदरमुकाम सिमिकोटमा आयोजना गरेको कार्यक्रममा संसदीय व्यवस्था पूर्ण असफल भएकाले यस्का विरुद्ध सवै जानुपर्ने वताउनु भएको हो ।
उहाँले “दलाल पुजीवादी संसदीय व्यवस्था, संकटको समाधान बैज्ञानिक समाजवाद र अबको आबश्कता” बिषयक अन्तरक्रियामा दलाल व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद भएको ठोकुवा गर्नु भयो ।
अन्तरक्रियामा वोल्ने वुद्धिजीवी तथा सहभागीहरुले अहिलेको व्यवस्था संकटग्रस्त भएको भन्दै जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादका जाने वारे सवैले सोच्नु पर्ने र वहस गर्नुपर्ने वताएका थिए उनीहरुले देशमा एमसीसी जस्ता राष्ट्रघाती सम्झौता नेपालमा लागू गर्न नहुनेमा जोडदिएका थिए ।
कार्यक्रममा जिल्लाका वुद्धिजीवी, मानवअधिकारकर्मी,पत्रकार लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
जिल्ला सदस्य निमार्णको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन कमलसिंह वुढाले गर्नुृ थियो ।
प्रतिक्रिया दिनुहोस