नेकपा दक्षिण कर्णाली ब्युरोको बैठक सुरु

माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्युरोको प्रथम बैठक आइतबारबाट शुरू भएको छ ।

ब्युरो इन्चार्ज संगम सी को अध्यक्षता, स्थाई कमिटी सदस्य विषम सी को प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा कर्णाली मुक्ती मोर्चाको अध्यक्ष बिराट सी काे आतिथ्यतामा बाँकेको काेलपुरमा आइतबारदेखि शुरू भएको हाे ।

बैठकमा ब्युरो सदस्यहरूले आ-आफ्नो कार्यक्षेत्रको रिर्पोट राख्नु भएको थियो ।

रिर्पोट पछि ब्युरो इन्चार्ज संगमले केन्द्रीय समितीको तेस्रो पुर्ण बैठकको सर्कुलर बाचन गर्नु भएको थियो । बैठकमा प्रमुख विषमले बर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिती र रिर्पोट माथीको छलफलमा प्रशीक्षण दिनु भयाे ।

बैठकमा अतिथि बिराटले पार्टीले तय गरेको योजनाको मुल स्प्रिट लाई दक्षिण कर्णाली ब्युरो समातेको मा खुसी ब्यक्त गर्दै काम कार्बाहीमा ब्युरो सफल हुने बिश्वास ब्यक्त गर्नु भयो ।

बैठक भाेलि बिहान ८ बजेबाट पुनः सुरु गर्ने गरि स्थगित भएको बाके जिल्ला इन्चार्ज रणदिपले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस