नेकपाको पार्टी कार्यालयमा प्रहरीले डोजर लगायो

चैत १५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ प्रहरीले डोजर लगाएर भत्काईएको छ ।

प्रहरी केही दिन अगाडि नै ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।

बिगत १३ बर्षदेखि ‘रातो घर’ पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । तत्कालीन नेकपा (माओवादी) कै बेलादेखि सो भवन पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो ।

हाल नेकपाकाे कार्यालय रहेकाे थियाे । यसबारे नेकपाका जिल्ला इन्चार्जले खेद व्यक्त गर्दै आफ्नो पार्टीलाई गम्भीर र आक्रोसित बनाएको बताउनु भएकाे छ।

प्रतिक्रिया दिनुहोस