जिल्ला अस्पतालमा औषधि चरम अभाब

चैत १५, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा औषधी अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुपर्ने औषधि नहुदा बिरामी निजि मेडिकलहरुमा चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन ।

अस्पतालमा औषधि अभाव हुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा औषधि किन्नु पर्दा बिरामीहरु मर्कामा परेका हुन् ।

औषधीको अभावहुदा अस्पताल वाहिरका निजि मेडिकलहरु वाट खरिद गरि विरामीलाई दिनु परेको अस्पतालमा संचालित फार्मेसिमा कार्यरत पुष्कर शाहीले बताउनुभयो ।

शाहीका अनुसार, फार्मेसिमा अहिले दैनिक जसो आवश्यक पर्ने एन्टिबायटिक, दमका विरामिहरुका लागि चाहिने विटाटु, विकामियम, पिसाप पोल्ने विरामीहरुको लागि चाहिने अल्का लाइजर लगायतका औषधि अभाव छ ।

औषधीको माग गरेको महिनौं भइसक्दा पनि नआउँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाः भिष्म पोख्रेलले बताउनुभयो ।

प्रदेश महाहातमा अस्पताल गइसकेको छ । तर पनि अस्पतालको अवस्था नाजुक छ । जिल्ला अस्पतालमा विरामी वोक्ने एम्बुलेन्स पनि छैन । अहिले १५ शैयाको अस्पताल ५० शैयामा स्तरोन्नतिका लागि भवन निर्माण हुदैछ ।

प्रतिक्रिया दिनुहोस