रक्तिम सी र झरना गिरीबिच ‘सी संस्कृति’ अनुसार जनवादी विवाह

१६ वैसाख, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेका इन्चार्ज रक्तिम सी र झरना गिरी बिच सी संस्कृति अनुसार जनवादी विवाह सम्पन्न भएको छ ।
सोमवार नेपालगंजको सिएसटी होटलको हलमा बर रक्तिम सी र बधु झरना गिरी बिच प्रगतिशील जनवादी विवाह सम्पन्न भएको हो ।
नेकपाका पोलिट व्यूरो सदस्य तथा सामना सांस्कृति अभियानका कमाण्डर माईला लामाले नवविवाहीत जोडिलाई विवाहको प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई तथा दाम्पत्य जीवनको शुभकामना दिनु भयो ।
उहाँले जनवादी विवाह गर्नु हुने जोडिहरुको लामो समयदेखि प्रेम रहेको पार्टीमा जानकारी हुदै आएकाले पार्टीको स्वीकृतिमा विवाह गरेको बताउनु भयो ।
बर रक्तिम र बधु झरनाले एक अर्कालाई फुलमाला तथा अविर लगाएर विवाहको लगनगाँठो जोड्नु भएको थियो ।
विवाह कार्यक्रममा बर र बधुको तर्फबाट प्रतिवद्धता दिदै नेकपाका वाँके जिल्ला इन्चार्ज तथा बर रक्तिम सीले सी संस्कृति अनुसार पार्टीले विवाह गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले जीवनभरी नवविवाहित जोडि नछुटीले बाचा समेत गर्नु भयो । कार्यक्रममा सहभागीहरुले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस