अहिले मसानघाटबाट राजतन्त्र ल्याउने दुस्साहस गरिएको छः विप्लव सी

१५ जेठ, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अहिले मसानघाटबाट राजतन्त्र ल्याउने दुस्साहस गरिएको टिप्पणी गर्नु भएको छ ।
बुटबलमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले अहिले मसानघाटबाट राजतन्त्र ल्याउने दुस्साहस गरिएको टिप्पणी गर्नु भएको हो ।
उहाँले गणतन्त्रको विरोधमा सलबलाएको शक्तिलाई परास्त गर्न लोकतन्त्रवादी र गणतन्त्रवादीहरू शक्ति एकमत हुनुपर्ने बताउनु भयो ।
म्हासचिव विप्लवले भन्नु भयो ‘अहिले मसानघाटबाट राजतन्त्र ल्याउने दुस्साहस गरिएको छ, यो शासन संचालनमा भएको कमजोरीले हो, व्यवस्था गलत भएर होइन ।’
महासचिव विप्लवले अब राजा आएर समस्या समाधान हुन्छ भन्ने सोच नै गलत भएको जिकिर गर्दै समाजवादको बहस सबै दलमा खुला हुनुपर्ने विचार राख्नु भयो ।
उहाँले २०६४ सालपछि स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नु भयो ।
‘जनताले २०६४ सालमा साथ दिएका थिए । त्यो भन्दा पहिले जनयुद्धमा उस्तै साथ दिएका हुन् तर, माओवादी आन्दोलनले त्यो जनविश्वासलाई संस्थागत गरी स्थायित्व दिन सकेन । यसका गम्भीर समीक्षा हुनुपर्छ,’ उहाँले भन्नु भयो ‘अब रूपान्तरणको खाँचो छ । पुराना सोच, अभ्यास र प्रवृत्तिबाट बाहिर ननिस्कने हो भने परिवर्तन सम्भव छैन ।’
उहाँले राजावादीहरू सडकमा आउँदा समाजवादीहरु किन चुप ? प्रश्न गर्दै समाजवादीहरू पनि अब सडकमा आउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस