पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार

१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नु भएको हो ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताउनु भयो ।

बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उहाले जानकारी दिनु भयो ।

मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस