महासंघलाई जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन गर्न जनपत्रकार संगठनको माग

बसन्त विक

काठमाडौ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनलाई कसैको जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ सबैको साझा नागरिक अगुवा संस्था भएकोले निर्वाचनलाई जीतहारको रुपमा नली सबैको अपनत्व कायम हुने गरी निर्वाचन गर्न माग गरेका हुन ।

जनपत्रकार संगठन नेपालले बैधानिक व्यवस्था बमोजिम हुनुपर्ने निर्वाचन पटक –पटक तोकिने तर विभिन्न बहानामा स्थगित हुने गरेको भन्दै अझै निर्वाचनलाई अनिश्चित दिशामा धकेल्ने गरिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले जारी गरेको विज्ञप्ति मार्फत समग्र पत्रकारिता आन्दोलन,मर्यादित पत्रकारिता र पेसागत अधिकारको संघर्षलाई समेत नकरात्मक प्रभाव पार्ने गरी भएका गतिविधिहरुप्रति सचेत रहन सबैको ध्यान आकृष्ट गरेको छ ।

जनपत्रकार संगठनले कर्णाली प्रदेश,काठमाडौ शाखा लगायत देशभरका विभिन्न शाखामार्फत नयाँ सदस्यताका लागि दिएका निवेदनहरुको टुङो लगाएर निर्वाचन प्रक्रिया सुनिश्ति गर्न माग गरेको छ ।

गैरपत्रकारहरुलाई सहमतिको नाममा घुसपैठ नगराउन चेतावनी दिदै जनपत्रकार संगठन नेपालले संस्थाको दिर्घकालीन हितलाई ध्यान दिएर चुनाबलाई निश्पक्ष,स्वतन्त्र र विश्वसनीय बनाउन आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस