कालिकोटमा समाजवादी कम्युनिष्ट एकता अभियान संचालन हुने

१५ असार,कालिकोट । विप्लव नेतृत्वको नेकपाले कालिकोटमा २ महिने समाजवादी कम्युनिष्ट एकता अभियान संचालन गर्ने भएको छ ।

पार्टीले वैज्ञानिक समाजवादमा जान इच्छुक सवै पार्टी,वुद्धिजिवी,वामपन्थी लगायतका शक्ति संग समाजावादी कम्युनिष्ट एकताको लागि अभियान चलाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

पार्टीको मंगलवार वसेको जिल्ला स्तरीय सचिवालय बैठकले यस्तो निर्णय गरेको जिल्ला सेक्रेटरी रणदिपले जनाउनु भएको छ ।

वैठकले कोभिड १९ र बाढी पहिरो पिडित को उद्दारमा सहयोग अभियान पनि संचालन गर्ने निर्णय गरेको छ ।
वैठकका प्रमुख अतिथि जिल्ला इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य बिराटले समाजवादी कम्युनिष्टहरुको एकताले मात्र दलाल संसदीय व्यवस्था परास्त हुने वताउनु भएको छ ।

उहाँले केन्द्र देखि स्थानीय तहका सरकार संचालकहरुले जनता लाई सेवादिने, बिकास निर्माणका काम गर्ने भन्दापनि भ्रष्टाचार गर्ने र कमिसन खाने जस्ता जनबिरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।

इन्चार्ज विराटले सरकारी निकायहरुले गर्ने अनियमिता तथा जनविरोध काम विरुद्ध सक्रिय भएर लाग्न सचिवालय सदस्यहरुलाई निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस