१३ साउन, बुटवल । रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरि ३१० जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार रुपन्देहीमा आयोजित ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका र केही स्वतन्त्र व्यक्तित्व गरी ३१० जना नेकपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा रुपन्देहीको देबदह, ओमसतिया, रोहिणी, सिनपा, बुटवल, सियारी, सैनामैना, कन्चन लगायतका क्षेत्रका व्यक्तित्वहरु रहेका छन ।
नेकपाले लिएको जनपक्षीय लाईन र विभिन्न कार्यक्रमबाट प्रभावित भएर आफुहरुले पार्टी प्रवेश गरेको उनीहरुले वताएका छन ।
नवप्रवेशीहरुले पछिल्लो पटक नेकपाले मिटरब्याज तथा लघुवित्त एवम भ्रष्टाचार, मुल्यबृद्धि र कालाबजारी विरुद्धको आन्दोलनले आफुहरुलाई ठुलो राहत महशुस भएको वताएका छन ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज प्रज्वलन सीले नवप्रवेशीहरुलाई अविर आवरण गरी स्वागत गर्नु भयो ।
उहाँले सो क्रममा सबै उत्पीडित श्रमिक जनताको एकताबाट मात्रै क्रान्तिकारी आन्दोलन सम्भव हुने वताउनु भयो ।
उहाँले मधेश समस्या पर्दा पहाडबाट, पूर्वमा समस्या पर्दा पश्चिमबाट, नेपाली जनताको एकताबद्ध आन्दोलन हुने गरेको बताउँदै हरेक संघर्षमा पार्टी अग्रभागमा रहने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘बोल्न पाउने जस्ता सिमित अधिकारले मात्रै हुँदैन जनताको जीवनस्तर सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । भ्रष्टाचारी कालोबजारीहरुलाई कार्बाही नगर्दासम्म देश बन्दैन । हामीले भ्रष्टहरुलाई कार्बाही गर भन्दा हामी जेल जानुपर्यो। अहिले भ्रष्टाचारीलाई जेल हाल्न सुरु भएको छ जुन तपाईं हाम्रै आन्दोलनका कारण सम्भव भएको हो ।’
उहाँले दलाल संसदीय व्यवस्था अन्त्य गरेर समाजवाद ल्याउनुको विकल्प नभएको वताउदै ४ दलको समाजवादी मोर्चा त्यहि भएर गठन भएको वताउनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सरद सीले आफ्नो पार्टी जनताका एजेन्डाबाट पछि नहट्ने बताउनु भयो । भैरहवामा गरेको कुख्यात मिटरब्याजी विरुद्धको संघर्षबाट ठगहरु अत्तालिएको बताउँदै उहाँले अबको संघर्ष झन् पेचिलो पारिने बताउनु भयो ।
कार्यक्रममा नेकपाका रुपन्देही सेक्रेटरी विरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस