नेकपा बर्दियाद्धारा विशाल विकको निधनप्रति गहिरो दुख व्यक्त

१३ साउन,बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य बलवान सीका भाई २६ वर्षिय विशाल विकको साउदीमा असामयिक निधन भएको घटनाले पार्टी निकै दुखी भएको भन्दै मृतक प्रति श्रदासुमन व्यक्त गरेको छ ।

नेकपा वर्दियाका जिल्ला इन्चार्ज हिमशिखर सी र जिल्ला सेक्रेटरी संगीन सीले शनिवार एक संयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै घटना प्रति पार्टी निकै मर्मायित भएको वताउनु भएको हो ।

जारी शोक वक्तव्यमा साउदीमा रोजगारीको लागि गएका विकको एकमहिना अघि असार ११ गते असामयिक निधन भएको र शनिवार मात्र उनको शव आफ्नै घर वर्दियाको ठाकुरवावा नगरपालिका ९ मा पुगेकाले आजै कर्णाली नदिमा दाहासंस्कार गरिएको समेत जनाइएको छ ।

नेकपाको जारी वक्तव्यमा साउदीमा छोराको निधनको खवरले भारतको वैजुरामा रहेका ६३ वर्षिय वुवा माउते विक असार १६गते घर हिडेपनि पौडीकोटद्धार भन्ने ठाउँमा लुटेराहरुको फन्दामा परि हाल सम्म वेपत्ता रहनु भएको घटना पनि निकै दुखत भएको उल्लेख गरेको छ ।

नेकपाले वेपत्ता वुवाको स्थिति यथाशिघ्र सार्वजनिकको माग गर्दै दुवै घटनाका कारण शोकमा रहेका पार्टी जिल्ला सचिवालय सदस्य समेत रहनु भएका बलवान सी लगायत सम्पूर्ण घरपरिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस