पुरानो पुस्ताले नयाँमा कमजोरी देख्छ । यो नयाँ संस्कार होईन र आजको नयाँ विषय पनि होईन । यो मानब इतिहासको जन्म संगसगै जन्मेको पुरानै सँस्कार हो । पुरानो पुस्ताले नयाँ पुस्तामाथि खोट देख्छ । तर नयाँ पुस्ता हावी भईहाल्छ । पुरानो पुस्ताले नयाँ पुस्तामा जहिले भाँजो हाल्छ तर सबै चुनौतीहरुमा निर्मम हुँदै नयाँ पुस्ता अघि बढ्छ । परिवर्तित इतिहासमा पुरानो पुस्ताले नयाँ पुस्ताको नविन सोचलाई छिट्टै रुचाएको पाईदैन । पुरानो पुस्ताले नयाँ पुस्ताको नविन कार्यलाई केटाकेटीपन ठान्दछ । सामाजमा भईरहेको या चलिरहेको भन्दा फरक तरिकाले सोच्ने तरिका, अरुको कल्पना गरेको भन्दा माथि सोच्ने तरिका, हरेक कामलाई फरक तरिकाले गर्नसकिन्छ भन्ने नविन विचार दिनेहरुलाई पुरानो पुस्ताले समाजविरोधी ठान्छ । जे अगाडि देख्यो, त्यही नै सत्य हो, भनिएको समाजमा यो गलत हो, सत्य अर्कै हो है भन्न खोज्नु पुरातन पुस्ताको विचारमा अपराधिक काम बन्न सक्छ र नयाँ विचार, पुस्ता, अनुसन्धान र आविष्कार दण्डित पनि हुनसक्छ । विचार या विचारक दण्डित हुने परम्परा मानव समाजको लागि नौलो विषय होईन । त्यो आजको वैज्ञानिक सभ्यता होस् या अन्धविश्वासी समाजको पुरानो सभ्यता, प्रत्येक नयाँ विचार पुरानो विचारको हेपाई र उपेक्षामा परेकै हुन्छ । विश्व इतिहासमा यस्ता धेरै परिघटना भेटिन्छन् । नयाँ पुस्ताको विचारको रक्षा गर्नु सकरात्मक कार्य हो । यसलाई उपेक्षा गर्नु समाजको लागि नै नकारात्मक र पीडादायिक कार्य हुन्छ । नयाँ पुस्ताको विचार जहिले पनि पुरानो पुस्ताबाट हेपिएको र दबिएको हुन्छ । नयाँ पुस्ताले समाजका हरेक चुनौतीहरुको डटेर सामना गरेर अझ स्पातिलो र रापिलो हुदै आएको हुन्छ र पुरातनमा विजय हाँसिल गर्छ । यो नै अवश्यम्भावी कुरा हो ।
२५०० वर्षपहिला पाइथागोरसले चेप्टो भनिएको सूर्य गोलो छ भनेर अनुमान गर्ने र प्रमाणित गर्ने ग्रिक वैज्ञानिकलाई दण्डित गरिएको थियो । उनका कुरा समाजले सहजै पत्याएन, बहुला ठान्यो । सूर्य हेरेर समयको अनुमान गर्ने समयमा पोप सिल्भेस्टरले सन् ९६६ मा घडीको आविष्कार गरेर समय व्यवस्थापन गर्दा त्यसको पनि विरोध भयो र उनलाई समाजको संस्कार भत्काउने अराजक समाजविरोधी भनियो । यो संसार भगवानले बनाएको र इश्वर नै अपरम्पार भनिएको बेला इश्वरका विरुद्धमा वोल्नु,पुरानो संस्कार भत्काएर नयाँ संस्कारको सुरुवाती गर्नु तत्कालिन समयका लागि अराजक, अनैतिक र असभ्य विचार मानिएका थिए । इश्वरमाथिको हमला पनि त असामान्य थिएन । यो असामान्य हिम्मतको कुरा पुरानो विचार र पुस्ताको लागि पापी, मूर्ख,अपराधी र अधर्मी देखिने चुनौती थियो । ठुलठुला आविष्कार, चिकित्सा अनुसन्धान,अन्तरिक्षको खोज, विज्ञानको अनेकौँ चमत्कार इश्वरीय चिन्तनका विरुद्धको लडाई थियो । आज तिनै ईश्वरीय भक्तहरु विज्ञानले आविस्कार गरेको त्यही मोबाइल, त्यही हवाईजहाज र त्यही प्रविधिमा रमाएरै प्रयोग गरेका छन । तर वैज्ञानिकलाई दिनुपर्ने धन्यवाद भगवानलाई धन्यवाद दिईरहेका छन । आज विश्वका साढे सात अर्ब मानिसहरुमा सवै भौतिकवादी भैइसकेका छन् । किनकी उनीहरुले भौतिक वस्तुको प्रयोग गरिरहेका छन । यो सवै प्रविधि मानिसले बनाएको हो र ईश्वरले बनाएको होईन भन्ने विश्वास गर्दछन् । तर यिनै भगवान भक्त भन्नेहरु विश्वमा १५ प्रतिशत मान्छे मात्र भौतिकवादी छन् भन्ने हल्ला गरिरहेका छन् । इसापूर्व करिब ६०० को समयमा पूर्वीय भूमिमा वेदको आविस्कारमा भएको निन्दा, २५०० वर्षअघि गौतम बुद्धले अवलम्बन गरेको शान्तिको मार्गको आलोचना कम थिएन । त्यसैगरी विश्वभरी पँुजीवादी विचारको बिगबिगी भएको बेला जन्मेको नयाँ विचार माक्र्सवादी विचारको विरोध अहिलेसम्म पनि मरिमेटी धर्म र पुँजीवादका ठेकेदारहरु लागिरहेका छन् । विश्वभरी आम जनता पुँजीवादको विकल्प समाजवाद खोजिरहेको बेला मानवता विरोधी अमेरीकाले कम्युनिस्ट विचार राख्नेहरुलाई आफ्नो देशमा प्रतिबन्ध लगाईरहेको छ । भैतिकवादी विचारलाई प्रतिबन्ध लगाउने त्यही भौतिकवादी आविस्कारले उत्पादन भएका सामानहरुमा एकाअधिकार कायम गरी व्यापारमार्फत चर्को लुट मचाउने काम गरिरहेको छ । यो नयाँ विचारबाट डराएको या हारेको पुरातन विचारकहरुको व्यावहार हो भन्ने पुष्टि हुन्छ । नयाँ विचार, नयाँ आविष्कार र नयाँ अध्याय र नयाँ पुस्तालाई जुनसुकै समाज,संस्कार,पार्टी र घरपरिवारमा समेत सहजै स्वीकार्न सक्दैनन । आजसम्म नयाँ पुस्ता र दस्तालाई सहजै ठाउँ छोडेको, बाटो खोलिदिएको इतिहास चलचित्र र नाटकमा पाइन्छ । तर रियल जीवनमा अहिले सम्मका कुनै सभ्यतामा पनि भेटिएको छैन ।
नेपाली राजनीतिमा नयाँ पुस्ताले हामीलाई चौतर्फी घेराबन्दी गरे भन्ने गुनासो गर्नु या पुराना पाकानेताहरुले नेतृत्व गर्दा देश असफल भयो भन्नु दुईवटै तर्क गलत हो र यस्तो तर्क गर्नेहरुमा अध्ययनकै कमी हो । यो दुईवटै तर्क गलत छ । हामीले बनाएको विचार आज सार्वभौम भएपनि भोलि नहुन सक्छ । माक्र्सले यो भनेको, माओले उ भनेको त्यसैले नयाँ गर्नु हुँदैन,हामी कमजोर भएको बेला बोल्नु हुन्न,उसले ड्रोन हान्छ भन्ने कुरा नै विज्ञान विरोधी कुरा हो । यहि नै पुरानो पुस्ताको अकर्मण्यता हो । आफु पनि परिवर्तन गर्ननसक्ने र अरुलाई पनि गर्न नदिने पुरानो पुस्ताको पुरातन विचार हो । यसले नयाँ तर्क र विचारलाई पचाउन सक्दैन । कुनै पनि विचार निरन्तर टिक्न त्यसलाई समय सापेक्ष गतिशील बनाइराख्नु पर्दछ । त्यसमा खिया लाग्न दिनु हुँदैन । विचारहरू पनि समयक्रममा नयाँ र पुराना हुन्छन्, जसलाई निरन्तर धार लाउने र खिया झार्ने, आरन र रेती आवश्यक हुन्छ । जसरी हतियार बोदो हुन्छ त्यसले काट्न रोकिन्छ । त्यस्तै विचारको हतियार भुत्ते भयो भने काम गर्दैन र त्यसलाई निरन्तर सफा वनाई राख्नु पर्छ । यो बनाउने र नबनाउने कुरामा पनि नयाँ र पुुरानो विचार र पुस्ताबिचको हानथाप हुने गर्दछ ।
हवाईजहाज बनाउने राईट दाजुभाईको सफल परीक्षण र लगातार परीक्षणपश्चात मात्रै मान्यता पाएको वैज्ञानिक आविष्कारले नै आज आवाजभन्दा छिटो उड्ने सुपरसोनिक हवाईजहाजसम्मको यात्रा तय भएको हो । समाजले हरेक नयाँ परिकल्पनालाई पागलपनको संज्ञा दिन्छ । सुप्रसिद्ध दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, इतिहासकार, माक्र्सवादका प्रणेता, समाजशास्त्री कार्लमाक्र्स विचार र दर्शनको दुनियाँमा १९४८ मा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेखे यता सबैभन्दा बढी पढिएको र विरोध गरिएको विचार हो । विचारको सत्तामा माक्र्स जहिले केन्द्रमा छन् । उनका विचारको विरोध होस् या समर्थन, विचारहरू गतिशील छन् । विचारकहरू दिनरात सोचिरहेका छन् । माक्र्स पनि तत्कालीन समाजका लागि अराजक नै हुन । परम्परागत समाजका प्रचलित लुटिखाने नियम भत्काएर नयाँ जनताको नियम सिर्जना गर्ने माक्र्सको दृष्टिकोण शक्ति र सत्ताको हालीमुहालीमा एकछत्र लुट मचाएर बस्नेको नजरमा तर्साइ रह्यो र अझै सयौँ वर्ष तर्साइ रहनेछ ।
वि.सं. १९९७ मा मारिएका चार सपुत, जसले राणा शाहीविरुद्ध प्रजातन्त्रको विगुल फुकेको परिणाममा मारिनुप¥यो । २००७ सालको परिवेशमा राजनीतिमा क्रियाशील दलहरू, प्रजापरिषद्, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी त्यतिखेर समाजविरोधी अराजक र अनैतिक गतिविधिका वाहक मानिन्थे । व्यवस्था परिवर्तनका लागि क्रान्ति र आन्दोलनको पक्षमा भएकाले उनीहरू तत्कालीन सत्ताको नजरमा आँखी हुने नै भए । २०१६ मा बिपी कोइरालाको मन्त्रीमण्डलमा पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको नियुक्ति आजको स्विट्जरल्याण्डमा महिलालाई मताधिकार दिनुभन्दा १२ वर्षपहिलेको घटना थियो । त्यो घटना नेपाली समाजको चेतभन्दा धेरै अघि भएको कारण सहजै ग्राह्य विषय थिएन ।
राजा महेन्द्रको २०१७ को राजनीतिक कु पछि पनि नेपाली कांग्रेस, नेकपालगायत राजनीतिक शक्तिहरू अतर्राष्ट्रिय तत्व भनेर प्रतिबन्धित थिए । त्यसैले ०४६ को परिवर्तन नआएसम्म दण्डका भागिदार बनेर जेल गए । निर्वासनमा बसे या भूमिगत बने । २००६ सालमा लमजुङमा हलो जोत्ने अगुवाइ गरेका हरिभक्त, शेषकान्त र तोयानाथ लगायत (२७ बाहुन) ले गरेको प्रतिकात्मक विद्रोह, पुरातनवादी समाजले पचाउन सकेन । त्यो व्यवहारले समाजले बिग्रेको, बहुलाएको, जात फालेको भनेर चित्रण गरेर परिवर्तनकारी चेतनालाई खिसीटिउरी गरेर जेल कोचेको थियो । समाजमा नयाँ विचार अपच हुन्छन । यो हरेक समयको, हरेक समाज र देशको विडम्बनायुक्त परिस्थिति हो । नयाँलाई निषेध, प्रतिरोध र हतोत्साहित गर्नु पुरानो सत्ताले अनेकन् हतकण्डा प्रयोग गर्छ । समाजमै प्रतिकारको भाष्य निर्मित गरेर लडाउन र सामाजिक अस्वीकृतिका लागि ज्यादती गर्छ । दमन र उत्पीडनको सहारा लिन्छ । प्रतिकूल परिस्थिति निर्माण गरिदिन्छ ।
लक्ष्मीप्रसाद देवकोटाले साहित्यमा नयाँ लहर ल्याइदिए । तर शासकहरू उनको चेतविरुद्ध थिए र उनी पनि बहुला बनाईए । बालकृष्ण समले आधुनिक नेपाली महाकाव्यमा परम्परागत महाकाव्य लेखनको केन्द्र कुलीन र सम्भ्रान्त नायक बनाउने चलनलाई विस्थापन गर्दै ‘चिसो चुलो’ महाकाव्य (२०१५) मा अछुत भनिएको समुदायको एक सामान्य पात्रलाई नायक बनाएर महाकाव्यमा नयाँ नायकको प्रस्तावना गरेर एउटा क्रमभंग गरिदिए । यो साहित्यिक कर्मको पनि शास्त्रीयतावादीहरूले व्यापक र धुवाँदार विरोध गरे । ०६२ मा ‘बिसे नगर्चीको बयानमा’ कवि श्रवण मुकारुङले पृथ्वीनारायण शाहको समकक्षता प्रदान गरेकामा पनि विमति राखियो । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको एकलौटी जस दिएको पढ्दै आएको समाजले बिसेले ‘यो राज्य मेरो पनि हो यसमा मेरा पुर्खा र सबै नेपालीको इतिहास रक्षा र इतिहास परिवर्तनको हिस्सा मागेको कविता लेख्दा अपच ठानियो ।’
०५२ सालको जनयुद्ध र सत्ता परिवर्तनको हुँकार पनि सरकारको नजरमा आतंककारी गतिविधि थियो । सरकारले प्रचण्ड, बाबुराम, मोहन वैद्यलगायत माओवादी नेतालाई ‘आतंककारी’ घोषणा गरी हतियारद्वारा नियन्त्रण र नियोजन गर्ने बाटो समायो । प्रचण्डहरूको टाउकाको मोल तोकियो र बहालवाला मन्त्रीहरू टाउकाको मूल्य तोकिएकाको टाउको झोलामा हालेर ल्याउनेलाई झोलाभरी पैसा दिने भाषण गर्दै हिँडे । ०५५ जेठदेखि माओवादी विद्रोहीविरुद्ध ‘किलो सेरा टु’ नामक घातक अप्रेसनलगायत अनेक कारबाही गरिए । सेना परिचालन गरियो । माओवादीलाई कानुन हातमा लिने अराजक जत्था र आतंककारी भनियो । यी सब त्यो समयका विद्रोही चेतमाथिको संगठित र योजनाबद्ध गरिएको भौतिक आक्रमण थियो । कुनैवेला राजसंस्थाको विरोध गर्नेले आजिवन जेल र गोलीको जवाफ पाउँथे । राजाविरुद्ध बोल्नु पापको श्रेणीमा पथ्र्यो ।
नयाँ विचार बोक्दैमा या नयाँ हुँदैमा सजिलै स्थापित हुदैन । आजसम्मको इतिहासमा कैयौं नविन विचार नयाँ गर्छु भन्ने पुस्ता र सोचको गर्भमै तुहिएका छन । नेपालको राजनीतिक इतिहासमा प्रजा परिषद् एकादेशको कथा बन्यो । नयाँ भन्नेबित्तिकै राम्रो हुन्छ भन्नु पनि गलत हुन्छ । नयाँलाई स्थापित नहुन्जेल पुरानोले दवाउन खोज्छ । नयाँ सोच,विचार र चिन्तन या नयाँ मान्छेले जेजस्ता चिन्तन अघि सारेर समाजमा तरंग पैदा गरेपनि ती सब तत्कालीन समयका लागि अराजक,अनैतिक,अयुगीन र केटाकेटी विचार मानिन्छ । नविन विचार निर्माण हुन्छ,वहसमा जान्छ, ज्ञान बन्छ र समाजमा लागु हुन्छ । पुरानो विचारलाई प्रतिस्थापन गर्न सहज हुँदैन, तर नयाँ विचार र नयाँ पुस्ताहरू पुनस्र्थापित भएरै छोड्छन ।, सामान्य मान्छेले परिकल्पना गरेको भन्दा पृथक परिकल्पना गर्न सक्नु नै नविनतम सोच हो । यो सोचले मात्र समाज रूपान्तरण र परिवर्तनको आजको अवस्थाको नेतृन्व गर्ने हो ।
कुनैवेला दलितले छोएको खानेहरू र सबै मान्छे समान हुन् भन्नेहरू,पत्रपत्रिका पढ्नेहरू, फिल्म हेर्ने , रेडियो सुन्ने, प्रेम विवाह गर्ने, स्कुल खोल्ने, आधुनिक गीत, संगीत सुन्ने र गाउने, ¥याप गाउने, कविता लेख्ने, प्रेमपत्र कोर्ने र घरभित्रै चर्पी बनाउनेहरू समाज विरोधी र अराजक मानिन्थे । उस्तैपरे दण्डित पनि हुन्थे । आज पनि नयाँ विचार निर्माण गर्ने,नयाँ चिन्तन र शैलीमा काम गर्नेहरू मुर्ख र घमण्डि ठानिन्छन । नेपाली समाजमा एकीकृत जनक्रान्तिको नयाँ विचार आज समाजमा स्थापित भैसकेको छ । यो स्थापित हुन समाजका धेरै आरोह अवरोह खेप्नु पर्यो । एकीकृत जनक्रान्ति तय गरेपछि विभिन्न समाजमा नयाँ तरंगहरु उत्पन्न भए । आफुलाई माक्र्सवादी विश्लेषक भन्ने हरुले धेरै आरोपहरु लगाए । ,धेरै पाका दार्शनिकहरुले माक्र्स बन्न खोजेको समेत आरोप लगाए । पुराना दिग्गज मानिएका सिद्धान्तकार र प्रख्यात भनिएका विश्लेषकहरुको सोचे जस्तो पछाडि समाज र परिस्थिति गएन । एकीकृत जनक्रान्तिले जेजे परिकल्पना गरेको थियो त्यो अनुसार आज नेपालका राजनीतिक पार्टी र वुद्धिजीवी त्यहिकुराको वहसमा छन । काँग्रेस भित्रपनि आज मध्यमवर्गलाई कसरी पार्टीमा जोड्ने ? भन्ने वहस भईरहेको छ । अहिलेको व्यवस्थाले समाजका तमाम् समस्याहरु हल गर्न सकेन यसको हल नयाँ व्यवस्थाले नै दिनुपर्छ भनेर आज नेपालका राजनीतिक दल वुद्धिजीवी,समाजसेवी पत्रकार सवैमा बहस चलिरहेको छ । यो कुरा वहालवाला मन्त्रीले पनि स्वीकार गर्ने अवस्था आएको छ । यो सवै कुरा महासचिव विप्लवले पहिला नै एकीकृत जनक्रान्तिमा उठाई सकिएको नविनतम सोच हो । यो संकेत एकीकृत जनक्रान्तिको नविन विचार आमरुपमा स्थापित भैसकेको स्पस्ट हुन्छ । समस्या आईसकेपछि त जसले पनि देख्दछ तर समस्या नआउनु पहिला नै देख्नु त्यो नेताको कुशल विशेषता हुन जान्छ । विप्लव नेतामात्र होईन सिद्धान्तकार नै भैसक्नु भएको छ । उहाँले माक्स र माओले प्रतिवादन गरेका सिद्धान्तहरुमा नपुगेका या नयाँ कुरा थपेर परिस्कृत गरिसक्नु भएको छ । एकीकृत जनक्रान्ति पढ्ने हो भने उहाँको यो सिद्धान्तमा, वैज्ञानिक समाजवादमा,राजनीति, रणनीति र कार्यनीतिमा समेत धेरै नयाँकुरा थप गर्नु भएको हामी देख्न सक्छौँ । तर यो कुरा पनि आफुलाई अहिलेका दिग्गज कम्युनिस्ट नेता भन्ने हरुले भने सहजै स्वीकार्ने अवस्था छैन ।, किनकी पुरानो पुस्ताले नयाँ पुस्तामा जहिल्यै खोट देख्छ, पुस्तान्तरणमा भाँजो हाल्छ, । तर सब बाधा व्यवधान पन्छाउँदै नयाँ पुस्ता अघि बढिरहन्छ र यो नै समाज विज्ञानको अनिवार्य नियम नै हो । पुरानो पुस्ताले नयाँ पुस्तामा जति खोट देखे पनि नयाँ सोच र नयाँ पुस्ताले समाजको नेतृत्व गरी छाड्ने छ । पुरानो पुस्ताले आत्मसमर्पण गर्नेछ र हार्नेछ । नयाँले जित्ने छ । यो नियम सबैमा अनिवार्य लागु हुन्छ ।
२०८१ श्रावन १४