स्वास्थ्यकर्मी माथि जातीय विभेद ‘दलित भनेर विरामीले औषधि नै खाएनन्’

 

१२ भाद्र,बाग्लुङ । जिल्लामा एक स्वास्थ्यकर्मीमाथि जातीय विभेद भएको छ । स्वास्थ्यकर्मी दलित भएको थाहा पाएपछि बिरामीले औषधि लिन खान नपानेको रहस्य खुलेको हो ।

बागलुङ नगरपालिका–१३ स्थित पैयूँपाटा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सोनम परियारमाथि विभेद भएको जनाईएको छ ।

सोनम स्वास्थ्य केन्द्रमा सरुवा भएर भदौ १ गते मात्रै जानुभएको थियो । स्वास्थ्य केन्द्रमा एक महिला ग्यास्ट्रिकको समस्या भएको भन्दै जचाउन आउनु भएको थियो । सोनम नयाँ भएकाले ती महिलाले सोधखोज गर्नु भयो ।

महिलासँग परिचय गर्ने क्रममा सोनम दलित भएको थाहा पाएपछि दलित भनेर विभेद गरेको सोनमको भनाइ छ ।
‘दमिनी पो रहिछौ तिमीले दिएको औषधी त कसरी खाने लैजान्न भन्नुभयो’ सोनमले सुनाउनुभयो ।

महिलाको यस्तो कुरा सुनेपछि गाउँको स्वास्थ्य केन्द्रमा किन दलित पठाएका होलान् भनेर अरुले समेत कानेखुसी गरेको सोनमको गुनासो छ ।
बिरामीले तल्लो जातको भनेर औषधि नै नलगेपछि सोनमले रुँदै नगरको स्वास्थ्य शाखामा जानकारी गराउनु भयो ।

सोनमले रुदै फोन गरेपछि बागलुङ नगर स्वास्थ्य शाखाले नगरपालिकामै बोलाएर घटनाबारे जानकारी लिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

विभेद गर्ने बिरामीको परिचय नखुलेकाले खोजी भइरहेको पनि खनालले जानकारी दिनुभयो ।

यसरी स्वास्थ्यकर्मीमाथि जातीय विभेद गर्नेलाई खोजी गरी कानुनी कारबाही गर्नुपर्ने माग दलित अधिकारकर्मीले गरेका छन् ।
हेल्थ पार्टी ड्टकम

प्रतिक्रिया दिनुहोस