विप्लव नेतृत्वको नेकपाले जनश्रम गरी बनायो २ सय मिटर बाटो

१३ भाद्र, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पलाता गाउँ कमिटीले जनश्रम गरी करिब २०० मिटर घोरेटो बाटो बनाएको छ ।
नेकपाले पताला गाउँपालिका वडा नम्वर २ कालजोसी डाँडामा विहिवार पार्टी कार्यकर्ता र जनताको सक्रिय सहभागितामा करिब २०० मिटर घोरेटो बाटो बनाएको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा पलाता गाउँपालिकाका इन्चार्ज साहासी सीको नेतृत्वमा ५० बढी जनता र पार्टी कार्यकताको सहभागितामा जनश्रम गरी सो बाटो बनाईएको नेकपाले जनाएको छ ।
आसपासका जनतालाई हिडडुल गर्न निकै कठिनाई भएपछि नेकपाको पहलमा बाटो बनाईएको हो ।
बाटो निर्माण कार्यमा नेकपाका केन्द्रीय सदस्य साहसी सी पनि जनतासंगै दिनभर श्रम गर्न व्यस्त हुनु भयो ।

नेता साहासीले जनताको साथमा जनताकै पार्टी नेकपा भएकाले जनताको समस्या समाधानका लागि बजेटको मुख ताकेर नभई जनश्रम गरेर भएपनि बाटो बनाएको ज्वाला खवरलाई बताउनु भएको छ ।
नेकपाले जनताको आवत जावतको समस्यालाई बुझेर बाटो बनाउने कार्य गरेपछि स्थानीयहरु भने हर्षित भएका छन ।
‘पार्टीले उत्पादन कार्य त गरेकै थियो त्यसैमा जनताको विकास निर्माण कार्यमा प्रत्यक्ष जोडिएकोमा पार्टी नेता तथा कार्यकर्तालाई धन्यवाद छ’ स्थानीयले भनेका छन ।

प्रतिक्रिया दिनुहोस