१३ भाद्र, कालिकोट । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका वडा कमिटीमा संगठित ४० जना कार्यकर्ता आफ्नो पार्टी परित्या गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।
शुक्रवार एक कार्यक्रमकाबिच माओवादी केन्द्रका पौमल विकको नेतृत्वमा सबै जना नेकपामा प्रवेश गरेका हुन ।
जिल्लाको पलाता गाउँपालिका वडा नम्वर २ निवासी नवप्रवेशीहरुले नेपालमा समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने विचार नेकपामा मात्र देखेकाले आफूहरुले नेकपा प्रवेश गरेको बताएका छन ।
नेकपामा प्रवेश गर्ने नवप्रवेशीहरुमा आन्दोलन दर्जी, विजक विक, मन्जिते, दान, प्रवले,आमकला विक, नविन न्यौपाने, नरे, दिनेश, गोपाल, हाँसे,सौरा, कोईला, पसा, चैती ध्रुव,लंक, निर्मला, ज्ञान, कसम, नयाँराम, सम्झना, कमल, रंगिता, धिरज, लछ, रंगमल, हेमन्त, कल्पना, कल विक र झुस्ने प्याकुरेल लगायत रहनु भएको छ ।

शुक्रवार पलाता गाउँपालिकाको वडा नम्वर २ मा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पलाता गाउँपालिकाका इन्चार्ज साहसी सीले नवप्रवेशीहरुलाई अबिर आवरण गरी स्वागत गर्दै पार्टी प्रवेश गराउनु भयो ।
उहाँले नेपालमा नेकपा वाहेक अरु कुनै पनि पार्टी र नेतृत्वले समाजवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने भन्दै नवप्रवेशीहरुलाई बधाई दिनु भयो ।
नेता साहसी सीेले नेपालको राजनीतिक संकटको अग्रगामी निकासका लागि सबैलाई नेकपाले उठाएको समाजवादी क्रान्ति वरिपरि गोलबन्ध हुन पनि अपिल गर्नु भयो ।
कार्यक्रममा नेकपाका पलाता सेक्रेटरी अनरुप सी लगायतका नेता कार्यकताहरुको पनि सहभागिता रहेको थियो । उत्पादन क्रान्तिसंगै समाजवादी क्रान्तिको कुरा उठाएपछि पछिल्लो समय नेकपाप्रति देशभर प्रवेश गर्नेहरुको लहर बढेको छ ।
