बस्ती नजिक संक्रमितको शव गाडेको भन्दै धनगढीमा विरोध


१३ कात्तिक, धनगढी । कोरोना संक्रमित महिलाको शव बस्तीको बीचमा गाडेको भन्दै धनगढीमा स्थानीयले विरोध गरेका छन् । स्थानीयवासीले गाडिएको कोरोना संक्रतिमको शव उत्खनन गरेर अर्काे स्थानमा गाड्न माग गर्दै विरोध गरेका हुन् ।
धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । स्थानीय प्रशासनले वडानम्बर १ मा रहेको कब्रिस्थानमा उहाँको शव व्यवस्थापन गरेको थियो ।
‘जङ्गलमा गाड्नु पर्ने शव बीच बस्तीमा गाडिएको छ,’ वडानम्बर १ का वडाध्यक्ष सन्तोष मुड्भरीले भन्नु भयो , ‘स्थानीय शव अर्काे ठाउँमा गाड्नु पर्ने भन्दै विरोध गरेका हुन् ।’उनीहरुले कब्रिस्तानमा तालाबन्दीसमेत गरेका छन् ।
कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रिस्तानमा शव गाडिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस