पार्टी बैठकका लागि महासचिव विप्लव सुर्खेतमा, भव्य स्वागत

१३ मंसिर, सुर्खेत । नेकपा (माओवादी)काे कर्णाली प्रदेश समितिको बैठकका लागि महासचिव विप्लव सी सुर्खेत पुग्नु भएको छ ।

कर्णाली प्रदेश समितिको बैठक तथा प्रशिक्षणलाई सम्बाेधन गर्न महासचिव विप्लव शुक्रबार नै सुर्खेत आईपुग्नु भएको हाे । उहाँलाई प्रदेश र जिल्ला पार्टीले सुर्खेतमा भव्य स्वागत गरेकाे छ ।

बैठकमा आगामी निर्वाचन, कम्युनिस्ट केन्द्र निर्माण, सरकार प्रतिको पार्टीको धारणा, आगामी कार्यक्रम लगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचिव विवेक सीले जानकारी दिनुभयो ।

बैठक शनिवार ११ वजेपछि सुरु हुनेछ । बैठक दुई दिनसम्म चल्नेछ । महासचिव विप्लवले अन्य राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको नेता विवेक सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस