१३ मंसिर, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कर्णाली प्रदेशले संगठन सदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।
शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न माओवादीको चौथो पूर्ण बैठकले प्रदेशभरी चुनावी तयारीसंगै पार्टीको संगठन सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको पालिकास्तरसम्म राजनीतिक अन्तरक्रियाहरु गर्ने तथा संगठन सुदृढ तथा विस्तार हुने गरी अभियान संचालन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विवेक सीले जानकारी दिनु भयो ।
पार्टी निर्वाचन आयोगमा दर्तापछि पहिलो पटक बसेको नेकपा माओवादीको प्रदेश बैठकमा पार्टीका महासचिव विप्लव सीकै प्रमुख आतिथ्यता रहेको थियो । बैठकले भ्रष्टाचार तथा अनियमिता विरुद्ध संघर्षको अभियान संचालन गर्ने समेत निर्णय गरेको छ ।
बैठकलाई पार्टी महासचिव विप्लवले सम्वोधन गर्दै संगठन जनतासम्म लिन र पार्टीलाई व्यवस्थित पार्न विशेष निर्देशन दिनु भयो ।
महासचिव विप्लवले पार्टी एकता नहुनको मुख्य कारण भनेको प्रचण्डले विचार छोडेर भागेकोले एकता हुन नसेको बताउनु भएको केन्द्रीय सदस्य विवेकले जानकारी दिनु भयो ।
महासचिव विप्लवले बैठकमा पार्टीको उत्पादन, सी व्यापार केन्द्र लगायतका कामहरु पार्टीले व्यवस्थित गर्ने बताउनु भयो ।
नेपाल राजनीतिक रुपमा अझै संकटतिर गएको उल्लेख गर्दै महासचवि विप्लवले चुनाव समयमै हुने सम्भावना कम रहेको जिकिर गर्नु भयो । बैठकमा कर्णाली प्रदेशका सबै जिल्लाका प्रदेश सदस्य,केन्द्रीय सदस्य, पोलिट व्यूरो सदस्यहरुको सहभागिता रहेको थियो ।
