१३ मंसिर, सुर्खेत । नेकपा (माओवादी) का महासचिव विप्लव सीले माओवादी विचार छोडेर भागेकाले प्रचण्डसंग आफ्नो पार्टीको एकता नभएको बताउनु भएको छ ।
नेकपा माओवादी कर्णाली प्रदेशको चौथो पूर्ण बैठकलाई शनिवार सुर्खेतमा सम्वोधन गर्दै महासचिव विप्लव सीले माओवादी विचार छोडेर प्रचण्ड भागेकाले आफ्नो पार्टीको एकता नभएको बताउनु भएको हो ।
महासचिव विप्लव सीले भन्नु भयो, ‘प्रचण्डहरुले माओवादी विचार छाडेर भागे, माओवादी नाम निसानाहरु मेटाउन खाजे, माओवादी पहिचान मेटाउन खोज्ने एकतामा हामी सहभागी भएनौं । माओवादी पहिचान मेटाएर गर्ने एकता, विचार छोडेर गर्ने एकता साँचो एकता पनि हुदैन र दिगो पनि हुदैन ।’
महासचिव विप्लवले माओवादी जनयुद्धको अस्सली हिस्सेदार र अभिभाक पार्टी आफ्नो पार्टी भएको दाबी गर्नु भयो ।
उहाँले माओवादी जनयुद्धको लक्ष्य उद्देश्यहरु पुरा नभएको भन्दै त्यो पुरा गर्ने महान अभियानमा नेकपा माओवादी सधै लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले जेनजी आन्दोलन पछि ठुला भन्ने पार्टी र नेताहरु असफल भएको जिकिर गर्दै नयाँ कम्युनिष्ट एकता जरुरी रहेको तर त्यो एकता विचार, दृष्टिकोण र समाजवादका लागि हुनुपर्ने बताउनु भयो ।
उहाँले संकट अहिले पनि नहटेको बताउदै जेनजीहरुका मागहरु सम्वोधन नभएको दाबी गर्नु भयो । महासचिव विप्लवले चुनाव समयमा हुने अवस्था नभएको भन्दै जेनजीहरुको माग सम्वोधन नभए अझै ठुलो आन्दोलनको आँधीबेरी नेपालमा आउने खुलासा गर्नु भयो ।
उहाँले पार्टीलाई जस्तो सुकै मोर्चा समाल्न सक्ने पार्टी बनाउनु पर्ने भन्दै यतिवेला आवश्यक परे चुनावी मोर्चामा पनि भिडने पार्टी बनाउन पार्टीलाई निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिनु भयो ।
